Patra | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

बिछोड पछीको पत्र




   हिम कुमार बि के - Apr 02 2024

तिमी कहाँ छौ

तिमी के गर्दै छौ
कुक्क कुक्क बाडुल्की लागिरहेछ
भुटुक्क भुटुक्क मन काटी रहेछ
तिमीले मलाई सम्झियौ की ?
तिमीले मलाई खोज्यौ की ?

तिमीले छोडेर गए देखि
यो अनुहार हसिलो छैन
तिमी अर्कैको भए देखि
यो मन रसिलो छैन
तिमी कहाँ छौ
तिमी के गर्दै छौ

मैले तिमीलाई हरदम खोजिरहे
तिमी मेरो होइनौ तर पनि रोजी रहे
मनले मान्दैन अन्त जान जान्दैन
मैले हरदम तिमी लाई नै सोची रहे

अझै पनि सम्झना छ तिम्रो बोली हरु
अझै पनि याद आउँछ तिम्रा चोलीहरु
मिल्छ भने तिमी मेरो हुनु नी
मिल्दैन भने मै संग रुनु नी

तिमी आफ्नै थियो आफ्नै छौं
मन भरी तन भरी अझै छौ
तर तिम्रो यादको मात्रै आगमन छ
तिम्रो आगमन भएको छैन


मरी गएको भए चित्त बुझाउँथे
सरी गएको भएर गारो भएको छ
परेको भए मै गलत भनी बस्थे
परी गएको भएर सारो भएको छ

सक्ने जति दिएकै थिए
मिल्ने जति वचन पिएको थिए
मरी गएको भए चित्त बुझाउँथे
सरी गएको भएर गारो भएको छ

तिमीलाई म हुनुको कुनै अर्थ थिएन
जति मलाई तिमी हुनुको अर्थ लाग्ने गर्थ्यो
मलाई तिम्रो हुनु जत्तिको म हुनु को अर्थ थिएन
तर म तिम्रा लागि खुट्टाको धूलो लाग्न गर्थ्यौ

न आएको भए चित्त बुझ्थ्यो
प्रेम नभएको भए चित्त बुझ्थ्यो
आएर प्रेम लाएर गएको भएर
बाँच्न गारो भएको छ
यो श्वास सच्न गारो भएको छ

सक्ने भए भुली जान्थे
नसकने भएर गारो भएको छ
हुने भए डुली जान्थे
नहुने भएर सारो भएको छ

थाहा छ तिमी आउँदिनौ भनेर
 तिमी मेरो जिवनमा छाउदिनौ भनेर
 तर यो मन मान्दैन, अन्त जन जान्दैन
मिल्ने भए रोकिदिन्थे मिलेको छैन


निर्धक्क भएर आउ तिमी म राम होइन
तिमीलाई अग्नि परीक्षा पास गर्नु पर्दैन
तिमीलाई अर्काको आश पनि गर्नु पर्दैन्
तिमीलाई अरूको खासमा पनि पर्नु पर्दैन्
मैले गलत गरेको भए माफी मागिन्दिनथे
तिमी हुन्थ्यौं भने जीवनको बाजी राखिदिन्थे


मैले गलत गरेकै छैन
फेरि म तिम्रो बाहेक अरूको पनि त भइन्
छाडेर गएको भए चित्त बुझाउँथे
छोडेर गयौ बाँच्न गारो भएको छ
मारेर गएको भए चित्त बुझाउँथे
जिउँदै पारेर गएको भएर गारो भएको छ

तिम्रा ति आखा हरु सधैं अबोध लाग्यो
तिम्रा ति बोली हरु सधैं मिठास लाग्यो
तिमी थियौ खुसी थियो
तिमी थियौ म थिए
तिमी रहिनौ म रहिन्
तिमी रहिनौं खुसी रहेन

तिमीलाई मेरो मायाको कदर रहेन
हरदिन सोचे तिम्लाई तर
तिमी रहीनौ म रहिन्
तिमी त मेरो जीवनको
एक भाग थियौ
तिमी रहिनौँ जीवन रहेन

तिमी झुट बोल्ने रहेछौ
साने तिमी मेरो हौ भनी आश देखायौ
छोडी गयौ वचन तोडेर
अर्कैको भयौ प्रेम गोरेटो मोडेर
तिमी झूट बोल्ने रहेछौ
तिमी भैनौं म भइन्

अझै पनि फोन को घन्टीले आश देखाउँछ
अझै पनि मेसेजका घन्टीले आश देखाउँछ
तिमी आउछौ भनी कुरिरहे
तिमी जीवनमा छाउँछौं भनी कुरिरहे
तर तिमी आइनौ
मन अन्धकार थियो
खुसी बनि छैनौं

बोलाएको भए मृत्यु अगाडि पनि आईदिन्थे
नबोलाएको भएर आउन गारो भएको छ
हँसाएको भए हासिदिन्थे
रुवाएको भएर गारो भएको छ

मिल्छ भने बोलाउनु प्रिए तिमी
मलाई भव्य स्वागत गर्नु पर्दैन
मिल्छ भने आउनु प्रिय तिमी
मेरा लागि कुनै श्रृङ्गार गर्नु पर्दैन्

आफ्नो भएको भए कसी लाउँथे
आफ्नो भएको भए घुर्की लाउँथे






Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.