कहिले हाँस्दछु त कहिले रोइदिन्छु कहिले जगंलमा शहर चाहन्छु त कहिले शहरमा जगंल चाहन्छु न म पढ्दछु न त म किताब बाट पर रहन सक्दछु
म हावाको सहारामा झुण्डीएको छु
न मलाई कसैले माया गर्दछन् न त हेला गर्दछन
न मलाई कसैले किन्दछन् न त म कसैको पोल्टोमा बिक्न जान्छु
म चाहन्छु सब जना मेरो साथ हुन्
तर कहिलेकाँही लाग्छ, कोही कोही मेरो बिरुद्धमा पनि हुन
किनभनें झगडा गर्नलाई कोही त चाहीन्छ <
उनिहरु लाई थाहा छ कि
न म शान्ति चाहन्छु न त क्रान्ति चाहन्छु
न म रोकिएको छु न त म गतीशील नै छु
र मलाई हरेक पल उनैको फोन आँउनेगर्दछ
जबकि म अरु नै कसैको आवाज सुन्न आतुर हुन्छु
म कहिले अध्याँरो वाट भाग्दछु
त कहिले म कहिले उज्यालो बाट भाग्दछु
म चिया पनि पिँउछु
अनि कहिलेकाँही मदिरा पनि पिँउछु
न म सुतेको हुन्छु
न त म जागेको हुन्छु
कहिले हाँस्दछु त कहिले रोइदिन्छु
कहिले जगंलमा शहर चाहन्छु
त कहिले शहरमा जगंल चाहन्छु
न म पढ्दछु
न त म किताब बाट पर रहन सक्दछु
मलाई पत्रिकाको पाना राम्रो लाग्दैन र म पनि पत्रिकालाई राम्रो लाग्दिन
म आफ्नो आँखा वाट हैन
उन्को चश्मा वाट तनावमा छु शायद
म सूर्य बनें भनें
उनि म संग डराँउछिन
फेरि म चन्द्र बन्छु
उनि फेरि डराँउछिन
म उभिए भनें उनको पैंतालामा पीडा हुनेगर्दछ
मेरो बढेको दाह्रीसंग उनि खतरा मान्ने गर्दछिन
म उन्को गोरो अनुहारमा
रुख रोप्न चाहन्छु
म चाहन्छु उनि मेरो घरको छतको तल आएर बसुन
तर कसरी <
म त आँफै हावामा झुण्डीएको पो छु त
दिपांकर गिरी भारतीय चलचित्र जगतमा मौलाँउदै गरेको नाम हो, लेखन अनि संगीतका क्रममा उनको नाम लिइने गरिन्छ । लघु चलचित्र जगतमा उनलाई बडो रचनात्मक लेखक अनि निर्देशकका रुपमा लिइन्छ । सडक छाप अनि राजु पेन्टर जस्ता लघु चलचित्रहरु उनका कृतीहरु हुन् ।
उपयूक्र्त कविता उनको हिन्दी कविताको सरल नेपाली रुपान्तरण हो ।
कवीः दिपाकंर गिरी
अनुवादः सुयोग ढकाल
Liked by: