प्रेम पत्र | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

प्रेम पत्र




   छत्र बहादुर साउँद - Feb 10 2022

खै कहाँ कोरु प्रेम पत्र ?
कागजहरु रिक्त छैनन्
जस्तै ;
कसैको मन रित्तो देखियनी
वास्तविकता भिन्न होस्
रिक्त पानाहरुमा
प्रेमको गहिराइ देखिन्न रहेछ
प्रेमको फैलावट अटाउन्न रहेछ
हो, वास्तवमै 
प्रेमरुपी अभिलाषा पत्रमा कोरिन्न रहेछ !

कसलाई देखाँउ, म यि प्रेम पत्र ?
मलाई थाहा छ
तिमी जरुर हेर्दैहेर्दिनौ
अरुले हेरुन् न
बिचरा सिवाय केही भन्ने छैन् !

के लेखु, म मेरो प्रेम पत्रमा ?
मेरा लागि प्रेम ठानिने शव्दहरुले
तिम्रा सामु अनुरागविहिनता बोल्दछन्
कसरी लेखु प्रेमले ओतप्रोत शब्दहरू
तिम्रो लागि 
त केवल
बाह्रखरि र x,y,z का शमिश्रण न हुन् !

कसलाई भनु, मेरो प्रेम कहानी ?
म त आजित छु
सुनाउदा सुनाउदै
तुलनात्मक सामुन्द्रिक गहिराइ झै प्रेम
अनि रिक्तताको आकाशमा
झिलिमीलि तारा झै रङ्गिन जिन्दगी
सँगै तिमीप्रतिको मेरो त्याग
ज्वालामुखि भित्रको लाभाझै
उम्कन खोजिरहेको प्यार
उहीँ मदन र  मज्नुझै दास वनाउन तत्पर देखिन्छ !!

------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।



यसमा तपाईँको के प्रतिक्रिया छ?


22 Likes

1 Dislikes

  Save
प्रतिक्रियाहरु13 Liked by
Liked by
0 /600 characters
Hemraj Palli Palli ३ बर्ष अघि
susila pata magar
 REPLY  LIKES2  DISLIKES
Ganesh ganesh Ganesh ganesh ३ बर्ष अघि
wow
1 REPLY  LIKES2  DISLIKES
Ram Parsad Belbase ३ बर्ष अघि
good morning
 REPLY  LIKES3  DISLIKES
Umesh Sedhain ३ बर्ष अघि
NICE
1 REPLY  LIKE1  DISLIKE
Ramesh Thing ३ बर्ष अघि
oohhh dammiii hjr
1 REPLY  LIKE1  DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.