मलाई लेख्न देऊ एउटा कथा जसको पात्र
तिमी भई म पूर्ण भएको कथा।
मलाई कोर्न देऊ एउटा चित्र तिम्रो प्रेमको क्यानभासमा
जहाँ तिमी भई म पूर्ण भएको चित्र।
मलाई चल्न देऊ सिसाकलम झै तिम्रो जिवन मा
जहाँ गल्ती मेट्टाएर सच्याउन सकियोस्।
मलाई बस्न देऊ तिम्रो मुटुको कुनामा जहाँ
म धड्कन बनि तिमी हुनुको अर्थ बन्न सकियोस्।
मलाई बटुल्न देऊ रङ्गहरू तिम्रो जिवनमा
जहाँ रङ्गीन भई इन्द्रेणी को रङ्ग बन्न सकियोस्।
मलाई उड्न देऊ आकाश माथि बाफ जस्तै
जहाँ तिम्रो प्रेमको चिसो स्पर्शले पानी बन्न सकियोस्।
मलाई डुल्न देऊ तिम्रो प्रेमको बगैंचामा
जहाँ मलाई तिम्रो स्वतन्त्रतामा कुनै रोक नहोस्।
मलाई लेख्न देऊ एउटा कथा जहाँ
तिमी र म भई पूर्ण भएको सुन्दर कथा।
Liked by: