हे बिजयी, हे बिजेता, हाम्रा भाबि सबलाई धेरै बधाई छ
खुशियाली, अर्पण गरिरहेछौ, बधाई लिई दिनुहोला
अब चुनिने बिजेता जम्मै, संसद सम्मै, चाडै चाडै पावौ
फूलमाला लिई आतुर छौ स्वागत गर्न, बिजय प्राप्त गरि आइदिनुहोला
२० बर्षको तपस्याले, हिरा भन्दै रोजेर जित हाम्रो भाको छ पक्का छ
तपस्या सबको पूरा भाको छ , वाञ्छित फल अब दिनुहोला
घोषणा पत्र देखाउनु भाको छ , समर्थन त्यहि गर्नु भाछ , न बिर्सिनु होला
सक्षम ठानी रोजेका हौ, असक्षम न भै दिनुहोला
संसद, मेयर, उपमेयर आदी बन्न गर्ने बाचा सार्थक, पारि छाड्नु होला
मतदाता र दलको इज्जत राख्नुहोला, विकासले उज्यालो पार्नु होला
सबले साथ दिनेछन कर्तव्यको पथमा लागे
जोश, होश र उमङ्ग बढाई देश प्रगतिमा लग्नु होला
जीत्दैमा न फुर्किनु होला , ह्याकुलाले न मिच्नु होला
घमण्डले मैमत्त भएर, मन मौजी गर्दै जादा
सबले पछी पछी घृणा गर्लान, बेकामे पत्रुमा गनिनु होला
कर्मको फल मिल्छ भन्छन, यो शास्त्रको मतमा छ
सुकर्म गरि देखाउनु होला, कर्तब्य निष्ठ हुन सक्नुहोला
विकाश चाहन्छन जनताले अब बिकाश गर्न लाग्नैपर्छ
गर्नै पर्ने खास खास के छ, क्षेत्र क्षेत्रमा शुभारम्भ गरिहाल्नु होला
सधै यतिक्कै हुन्न है अब त , भोटरले पनि अब हेप्ने छन्, छाट्ने छन्
५ बर्ष पछी फेरी भेट्ने बाटो, बनाउन थाली हाल्नुहोला
स्वच्छ, सुग्घरी छरितो फुर्ति सत्यवादी र दिर्घायु बनि
जब जब आउने चुनाब जीत्न भोटर लोभिने भै सक्नुहोला
यो अर्ति हैन जन अभिलाषा हो मान दिएर ठुलो आशामा छौ
मतदाता सबको मत सार्थक पार्न राज नेता भै दिनु होला ।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: