जसरी,
समयानुकूल बद्ल्छ
छेपारोले आफ्नै शरीरका रंगहरु
त्यसैगरी बद्लिदिएका हुन
तिम्रा रंगिन चाहानाहरु,
मेरा सपनाहरुलाई रंगहिन बनाएर
र त
आजकल यो मुटु,
ब्याट्री सकिएर चल्न नसकेको
घडीको सुई जस्तै भएको हो,
नहोस पनि कसरी ?
जहाँ,
भएपनी तिमी पात्र एक
गरिरहयौ अभिनय अनेक
मेरै जिन्दगीलाई
रंगमञ्च जो बनाएर ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: