शिरमा राताे कफन बाँधेर
जिन्दावाद र मुर्दावादकाे
नारा घन्काउदै
उक्कुस मुक्कुस भएर
सडक गर्जिरहेकाे छ ।
अन्यायको विरुद्ध
न्यायकाे लाठो बाेकेर
अस्तित्वको आवाज उठाउँदै
मुक्ति या मृत्युको परेड खेल्दै
नागरिकको परिचय खाेज्दै
सडक गर्जिरहेकाे छ ।
अन्यायकाे पर्खाल फाेड्न
सामन्तकाे दरबार ढाल्न
दलालहरुकाे महल भत्काउन
चट्टान झैँ अजङ्ग उभिएर
आफ्नो माटाे जाेगाउन
सडक गर्जिरहेकाे छ ।
हिमालकाे सुन्दरतामा
पाेतिएकाे कालाे धब्बा मेट्न
पहाडकाे चुचुराेमा
फालिएकाे फाेहाेर टिप्न
मैदानको माटाेमा
रुखाे ढल राेक्न
खाेसिएकाे नासाे फिर्ता गर्न
सडक गर्जिरहेकाे छ ।
चुलाे र चाैकाेमा सिमित श्रम विरुद्ध
घाँस दाउरा र मेलापात विरुद्ध
समानताकाे आगो ओकल्दै
मुक्तिकाे मधुर संगित भर्दै
आफ्नै अस्तित्वको लागि
सडक गर्जिरहेकाे छ ।
मालिकको इच्छा विरुद्ध
महाजनकाे आदेस विरुद्ध
मजदुर , श्रमिकहरु
पसिनाकाे सुगन्ध सँगै
खुइया काढ्न विवस
कुल्लीकाे अधिकार खाेज्दै
मान्छे भएकाेले मान्छेको जीवन खाेज्दै
मालिकपन र बडेमानकाे विरुद्ध
आफ्नै पहिचानको लागि
सडक गर्जिरहेकाे छ ।
Liked by: