जोडी पन्छी कतैबाट घर नेर आई बस्यो
सिंका सिंका बटुलेर गुँड राम्रो छाई बस्यो
मिलिजुली दुई जोडी बसन्त झैँ रम्न थाले
यो देखेर जोई प्रति अँझै माया बढ्न थाल्यो
कतैबाट हुरी आयो शंका भन्ने बिऊ रोप्यो
तर पनि चरी जोडी आपसमा मिलि बस्यो
नाता टुट्छ आशंकाले अहंकार थपिनाले
माया उर्ल्यो उनीमाथि नौलो ज्ञान मिसिनाले
बच्चा जन्मे हुर्काउन भाले उड्यो कमाउन
गुँड भत्क्यो आँधी आई पिर अँझै थपाउन
शिकारीको भय उस्तै छिमेकीले झनै गाल्यो
यो देखेर मेरी उनी साक्षात् देवी लाग्न थाल्यो
संघर्षको ज्योति बल्यो धैर्यताले चुली छोयो
गाँस बाँस सबै जुट्यो ममताले रङ्ग ल्यायो
भाले आयो फर्किएर सुख दुख बाड्न थाले
यो देखेर उनी प्रति सप्तरंगी माया जाग्यो
चिन्ता हुन्थ्यो सॅंधैजसो काम गर्दा बिदेशमा
देवी जस्तो पत्नी पाई बेर्न थाल्यो अंगालोमा
सहयात्रा विश्वासको सिके मैले पन्छीबाट
उनी जस्तो साथीलाई धन्यवाद मनैबाट
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: