हराएछ मानवता पैसा हुनेकै मान सम्मान छ
दु:खी गरिबहरूको न ईश्वर छ न भगवान् छ
यो मन यत्तिसम्म कोमल छ नि क्यार्नु हजुर
देख्दा अरू कसैको दु:ख पीर आफ्नै ठानछ
छोड्दिनुहोस् आजै अरूको कुरा काट्नलाई
भुईँको पनि आँखा छ भित्ताको पनि कान छ
जहिले पनि मृत्यु नै मृत्युको खबर सुन्नु पय्रो
लाग्छ हाम्रो देशमा महाकाल छ , चिहान छ
संगत जस्ताको गरिन्छ , फल उस्तै मिल्ने हो
झिगांले फोहोरमा , माहुरीले रसमा लैजान्छ
जिन्दगानीमा धेरै प्रगति गरुँला लाग्दैन खासै
अलि अघि बढे कसैले पछिबाट खुट्टा तानछ
Liked by: