हिजो तिमी जवान थ्यौ
म थिए सानो बालक ।।
आज तिमी नि रस छौ
म भए लक्का जवान ।।
ए , बुझ्यौ तिम्ले ,
सांचो सत्य के हो कुरा ।।
वायू चलिरहन्छ
मौसम बद्र्लिरहन्छ
बिहान हुन्छ,रात पर्छ
फूल फुल्छ,ओइलिन्छ र झर्छ
हिउँद लाग्छ , जाडो हुन्छ
बर्षा लाग्छ , पानि पर्छ
पानि पर्छ र त हिलो हुन्छ
घाम लाग्छ फेरी सुख्खा हुन्छ
हो यस्तै अनेक अनेक हुन्छ
त्यसैले त
हिजो तिमी जवान थ्यै
म थिए सानो बालक ।।
आज तिमी नि रस छौ
म भए लक्का जवान ।।
हिजोका बादशाहहरू
आज निरिह बनि सके ।।
हिजोका झुसिलकिराहरुले
आज आकाश छोइ सके ।।
हिजो परेड खेलाउनेहरु
आज आफै गुलेली खेल्छन ।।
हिजो आदर्श फुराउनेहरु
आज अपमानित भएका छन ।।
त्यसैले त
हिजो तिमिले चुस्कि लगाउदा
म पोलियोको थोपा खान्थेँ ।।
आज तिम्ले डाइवेटिजको गोली खाँदा
तिम्रै अगाडी म पेग बनाउछु ।।
ए , बुझ्यौ तिम्ले सांचो र सत्य के हो कुरा?
जुन हिजो थियो
त्यो आज नहुन सक्छ ।।
जुन हिजो सत्य थियो
त्यो आज असत्य हन सक्छ ।।
जुन हिजो धर्म थियो
त्यो आज पाप हुन सक्छ ।।
जुन हिजो भ्रम थियो
त्यो आज यथार्थ हन सक्छ ।।
जो निर्धन थियो त्यो साहू हुन सक्छ
जो निर्बल थियो त्यो बलवान हुन सक्छ
त्यसैले ,
आजलाई मात्र हेरेर
हर्षले गमक्क फूल्नु पनि बेकार हो
डराएर बिचलित हुनु पनि मुर्खता हो
किनभने
समय यो चक्र हो
निर्धक्क यो चलिरहन्छ ।।।।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: