स्वार्थ आफ्नो लिई प्रेम भो सम्पति
मोज गर्दै सदा रक्सि भो ओखती
दर्द केही कहाँ बुज्नु त्यो प्रेमको
चल्छ संसार सारा यसै रीतको
बिर्सी आफ्नो घरै लिप्त पैसामहा
बाबुआमासगै पार्दछ्न् वाहना
पुत्र पर्देशमा मृत्यु बाको भयो
मृत्यु संस्कार खै पुत्र काहाँ गयो
आउलान् पुत्र आमा कुरी बस्दछिन्
विर्सि सारा दुख पुत्रमै गम्दछिन्
पुत्र सम्झिन्न आमा उतै रम्दछ
पुत्र शोकैमहा शंख पो बज्दछ
के ठुलो हो धनै माँपिताको विचै
विर्सि मातापिता पुत्र पैसा तिरै
सोच्छ काँहा पछी हुन्छ याँहा यही
वृद्धकालैमहा माँपिता सम्झदै
बा र आमा मरे पुत्र त्यै खातिर
स्वार्थि छोरो उतै बस्छ त्यो आखिर
पोल्छ मेरो मनै भत्भती भै कन
यै रितै खातिरै रुन्छ मेरो मन
Liked by: