राज बिश्वकर्मा · Apr २५, २०१७

सपना
कविता
सुन्न ट्याप गर्नुहोस्
धेरै धेरै रुन मन लाग्यो
किन थाहा छैन
डाको छाडेर रोए
किन थाहा छैन
रुदा रुदा धेरै टाढा भएकि
उनलाइ सम्झिन पुगेछु
किन सम्झे थाहा छैन
उनी आइपुगिन
कसरि थाहा छैन
अङ्गालो मारिन
मेरो आँसु रोकिएन
किन थाहा छैन
उनले भनिन जाउ
आसुलाइ पानीसगै बगाइदेउ
गए पानी संगै आँसु बगाए
हल्का अनुभव भयो
कसरी थाहा छैन
फर्किएर उनिसामु गए
बोल्न सकिन
आँसु किन किन फेरि झर्न थाल्यो
किन थाहा छैन
उनी आफैले बोलाइन
गए
भनिन मेरो आँखा मा हेर
किन थाहा छैन
आँखा जुदाउन सकिन
किन थाहा छैन
मेरो दुइवटै हात समाती भनिन
मेरो आखामा हेर
हेरे र हेरेको हेरै भए पनि
किन थाहा छैन
मेरो आखावाट आँसु रोकियो
र मुस्कान छायो
कसरी थाहा छैन
केही समयमा उनको आखामा आँसु देखे
किन थाहा छैन
उनको आखामा आँसु आउदा मेरो अनुहारबाट मुस्कान गएन
किन थाहा छैन
मेरो आखामा आँसु आउदा
पुरै अनुहारमा मुस्कान छरिदिइन
कसरी थाहा छैन
उनको आखामा आँसु आउदा
मेरो अनुहारमा छाएको मुस्कानलाइ जान दिइनन
किन र कसरी थाहा छैन
यत्ती थाहा छ कि
उनी को हुन
उनी हुन
"आमा" "आमा" "आमा"
मेरि "आमा"
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|