सधैझै आज पनि म बिउँझेछु
म देख्छु , मेरो नजिक मान्छेले बनाएका भगवानहरु चिच्याइरहेछ्न ।
म सुन्छु , मेरो समीप खुसिका अलङ्कार भन्दा रोद्नका क्रन्दनहरु गिज्याइरहेछ्न ।
लौन के गरु ?
आज म यस्तो लोकमाछु
जहाँ गरिबको भोक सकिदैन
न त धनीको धन
आज म यस्तो हालमा छु
जहाँ साथ भन्दा पहिले जात हेरिन्छ
अनि व्यबहार भन्दा ठूलो अनुहार नापिन्छ
म के गरु ?
म पन्छिन खोज्छु यी सब कुराहरु
मलाइ भन्नू छैन मेरो कथा अनि ब्यथाहरु
डर लाग्छ कतै मैले हासेरै मेरो कथा सुनाए भने तिमी रुनेछौकी भनेर !
डर लाग्छ कतै मैले जिस्केरै मेरो ब्यथा तिम्लाइ सुनाए भने तिमी मेरो हुनेछौकी भनेर !
तर मलाइ कसैलाइ रुवाउनु छैन ।
कसैलाइ आफ्नो बनाउनु छैन ।
किनकी धेरै रोए धेरैलाइ हसाएर
धेरै पछुताए मान्छेको जुनि पाएर !
त्यसैले अब म जान चाहन्छु ।
मलाइ रोक्न नखोज !
गन्तव्य मेरो धेरै टाढा छ अनि समय निकै कम
मलाई प्रायस्चित गर्नुछ यो पापको
मलाइ रहस्य सोध्नु छ मेरो श्रापको
दैबशीत !!
सधैझै भोलि पनि म बिउझिनेछु ।
मलाइ देखाउनेछ्न उल्लास मनाइरहेका मेरा खुसीहरु
मलाइ सुनाउनेछ्न मैले कहिले नसुनेका अनगिन्ती तारिफहरु
मलाइ हात दिनेछ्न पराइ भएका आफन्तहरु
मलाइ साथ दिनेछ्न मेरा शत्रुहरु पनि !
तर , अफसोस !
म अफैलाइ छोडेर कोसौ पर गैसकेको हुनेछु
कहिल्य नउठ्ने गरि निदाइ सकेको हुनेछु ।
मलाइ सुत्ने देउ ।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: