धेरैले भने
"बाईक किन् "
तर मैले किनिन ।
जस्तो कि
केटाहरु प्रायः भनिराख्थे
"बाईक नभई केटी पट्याउन सक्दैनस"
जस्तो कि
गोबिन्द गुरु भन्नुहुन्थ्यो
"गलफ्रेन्ड घुमाउनलाई त एउटा बाईक चाहिन्छ नै!"
मान्छेहरु भन्थे
"भाइ, बाईक किनेपछी तिम्रो लभ पर्छ"
तर म त सपना देख्थे
जस्तो कि
ब्लु ब्ल्याक वा ओरेन्ज कलरको
कुनै ब्रान्डेड स्कुटीमा
आउनेछे मेरी राजकुमारी
हल्का साझमा
र
लैजानेछे मलाई बादल पारीको देशमा
नभए पनि एट लिस्ट
कुनै मल्टिप्लेक्स
कुनै कफीसप
वा कुनै
हाम्रो एरियाको फेमस डेटिङ साइट
त्यसैले त म
आजभोलि
जब कोहि राम्री केटी देख्छु
आफ्नी हुनेवाला गर्लफ्रेन्ड जस्तै लाग्छ,
सोध्न खोज्छु
"तिम्रो स्कुटी छ?"
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: