धनञ्जय भए बाबू ,आमा धर्मावती हुन
बाजे श्रीकृष्ण आचार्य बाट शिक्षा लिए छन
सानै देखि थियो यिन्मा विलक्षण गुणै गुण
त्यो घाँसी बाट पाए झन् उत्प्रेरणा दिनै दिन ।।
नेपाली जन जिब्रोमा तिम्रै नाउँ रमाउँछ
तिम्रा नाउँ लिदा हामी-मा गौरव बढाउँछ
रम्धा काननको फूल तिमी बनेर गम्कियौ
नेपालीको अहो तारा तिमी बनेर चम्कियौ ।।
रामजी को कथा पढछौ श्रद्धा पूर्ण खुसी बनी
तिम्रा कान्तिपुरी भाव मनै छुन्छ सधै भरी
अनमोल धराको एक रत्न भानु हौ तिमी
अर्पे मैले दिलै देखि श्रद्धाञ्जली मुरी मुरी ।।
किरण अन्जान|
(छ्न्द:-अनुष्ठुप )
Liked by: