सुखको खानी तिमी बा, झिक्दा रित्तिएन कहिल्यै
नयाँ खेलौना खोज्ने म छैन भनेनौ नि कहिल्यै,
दियौ मिठो खान लाउन आफूले नखाये नि जहिलै,
दुख पायौ नि बा तिमीले हुर्काउदा सजिलै, ।
बा को वास्तविक अर्थ खोज्दा भेटिन कतै,
महसुस गरे मैले आफैमा भेटे जतै,
काँधमा राख्यो बा सजायर सधैं,
भई नभए परिश्रम गरी छोरालाई भनी छुट्याएर सधैँ, ।
बा तिमीलाई खुसी साथ गाँस दिन पाउँ।
जिन्दगी छधैँ बा लाई हसाइ सँगै हाँस्दिन पाउँ।
बा तिम्रो इच्छा के छ? पूरा गरिदिन पाउँ,
बा का निम्ति सारा संसारसँग लड्दिन पाउँ।
बलिया हात र पाखुरा कमजोर भएछन् नि बा तिम्रा ,
अडिलो साथ अनि भरोसा भइदिन पाउँ।
बा को लागि नयाँ जिन्दगी एउटा छोरो हो।
त्यही छोरो भई जिम्मेवारीको बोझ मै लिन पाउँ।
Liked by: