यो मेरो देश छ कत्ति राम्रो नाउँ हो नेपाल
यहीँ नै ठाउमा चाहन्छु रम्न सुन्दर नेपाल
नेपाल देश सयौं छ भाषा जाति र संस्कृती
बगैंचा जस्तै भएको छ यो रङ्गिन फुलबारी
गौतम बुद्ध जन्मेको यहि सुन्दर भुमिमा
नेपाल देश छैन है त्यस्तो केहि नि कमिमा
हिमाल देखि तराई सम्मा पुगेको यो देश
फरक जाति संस्कृतिबाट आएको छ भेषा
विश्वकै अग्लो हिमाल पनि नेपालमा नै छ
नेपाली सबको घरको धुरी त्यहीँ हिमाल छ
इन्द्रेणी जस्तै रङ्गिन देश यो हाम्रो नेपाल
घामको न्यनो किरणसंगै टल्किने हिमाल
त्यो वनपाखा त्यो खोलानाला मोहित पार्नेछन्
हिमाल हासी मुनल डाफे खुशीले नाच्दछन्
डाडा र काडा छहरा झनै सुन्दर देखिन्छ
नेपाली सामु आएमा दुख मिलेर छेकिन्छ
गुराँस फुलि जङ्गल देख्छ रङ्गी र बिरङ्गी
पुतली उड्छ सरर चरा गर्छन् है चिरविरी
हुँदैन यहाँ भेद र द्वन्द्व मिलेर बस्दछन्
सुख र दुख साटेर यहाँ चहाड मान्दछन्
Liked by: