भिडभाड सहरका सुनसान गल्लिहरूलाई सोधि हेर,
कालोपत्रेमा लम्पसार परि लडेका सुस्केराहरूलाई सोधि हेर,
हरेक दिन फाडिएका ति हरियालीलाई सोधि हेर,
हरेक गल्तिलाई आफू निमित्त राखि जोगाईदिएकि प्रकितिलाई सोधि हेर....
यति शून्यता किन छ?
यति मौनता किन छ??
पिन्जडामा बाधिएका ति बिचाराहरूलाई सोधि हेर,
तिमीसगँ टाढिएका ति निष्ठूरिहरूलाई सोधि हेर,
पुच्छर हल्लाउदै आउने मायालुहरूलाई सोधि हेर,
तिम्रो उज्जयालो निमित्त रित्तिएका दयालुहरूलाई सोधि हेर,
यति शून्यता किन छ?
यति मौनता किन छ??
पाईला पाईलामा साथ दिदा चुड्डिएका चप्पलका फित्ताहरूलाई सोधि हेर,
तिम्रो हरेक यादहरूलाई अङ्गालेका भित्ताहरूलाई सोधि हेर , सपना कोर्दा भाचिएका कलमहरूलाई सोधि हेर ,
शरिरका घाउ भरेका मलमहरूलाई सोधि हेर,
यति शून्यता किन छ?
यति मौनता किन छ??
जिन्दगिको दौडमा छुटेका मित्रहरूलाई सोधि हेर ,
भाव बगाएका चित्रहरूलाई सोधि हेर,
मनमनै गुन्गुनाएको भाकाहरूलाई सोधि हेर,
अबिरल आशु बगाएका आखाँहरूलाई सोधि हेर,
यति शून्यता किन छ?
यति मौनता किन छ??
एकान्तमा हराएका मनहरूलाई सोधि हेर,
पसिनामा भिजेका धनहरूलाई सोधि हेर,
रगत बगेका माटोहरूलाई सोधि हेर ,
ज्ञानको भोकले भौतार्रिएका बाटोहरूलाई सोधि हेर,
यति शून्यता किन छ?
यति मौनता किन छ??
ममताले भरिएका आमाका हत्केलाहरूलाई सोधि हेर,
चट्टानझै मज्बूत बाबाका हातका ठेलाहरूलाई सोधि हेर,
भावनाले भरिपूर्ण आफ्नो मनलाई सोधि हेर,
औचात्य प्राप्तिमा लागेको आफ्नो जिवनलाई सोधि हेर,
खै शून्यता काहा छ?
खै मौनता काहा छ?..
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: