मेरो साथी तँ
तेरो साथी म,
मै तँ
तैँ म,
मैले श्वास लिए
पुग्छ तलाई,
अघाउचस तँ
स्वाद मलाई,
म तर्सिदा तँ आतिन्छ्स
मेरो खुसी मा त मातिन्छ्स,
मेरो दुखमा रुने तै
म रिसाउदा तै तातिन्छ्स,
मेहनत मेरो
तँ मेहनती,
मेरा विचार
तँ बिचारी,
आउछन साथ दिन्छु भन्नेहरु
कहिलै नछाड्ने एकमात्र तँ,
मेरो अन्तिम साससम्म मसङ्गै
म भित्र कै पात्र तँ,
लेख्ने म
सोच्ने तँ,
हेर्ने म
देख्ने तँ,
म काम गर्छु
थाक्छस तँ,
म हाँकिन्छु
हाँक्छ्स तँ
अङ्ग मेरा श्वास तेरो
तन म, जीवन तँ,
म जतागयो तँ तेतै
मेरो अन्तरमन तँ ।
Liked by: