गन्तव्य त छ निकै अप्ठ्यारो,
हिम्मतका खुड्किला चढ्दै जाऊ ।
खुट्टा तान्ने र असम्भव भन्ने धेरै होलान्,
तर नकारात्मकतालाई हराउन लड्दै जाऊ।
आशा नमारी बाँच जीवनमा,
मृत्युलाई कुर्ने समय हुन्न तिम्रो ।
व्यर्थमा संसार आएछु भन्छौ भने,
यो पक्कै ठूलो भ्रम हो तिम्रो।
सम्भावना देख्नु छ पहिला हरेक कुरामा,
सुरुमै नकारात्मकता खोज्न ध्यान नडुलौ।
अहिले सबै कुरामा देखवटि देखावटिपनले छुँदा,
कता छिन खोई? सदाचारितालाई त बोलाऊ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: