वर्ष दिनमा एकपटक आउने पर्व तिहार
सबको घर घरमा ल्याउँछ उमंगको बाहर
दियो कलश झैं सजाउँछ सबको घरको संघार
सात समुद्र पारी बाट आउँछन् तरी जंघार
रंगी चंगी गाउँ सहर उज्यालो छन् मुहार
प्रियतम लाई सम्झी उनले गर्दैछिन् श्रृंगार
आई देऊ तिमी सबको घरमा बनी खुसीको प्रहर
ल्याईदेऊ तिमी सबको मनमा हौसला को लहर
सबको परिवार मिली हाँसी खुसी हुने चाहाना
पूरा गरी दिनु भगवान सबको मनोकामना
Liked by: