हेर चन्द्रमा त्यो, हामी एकै देख्छौं
खुला आकाश मुनि हरियो मैदानमा
लडीबुडी गर्ने भनी बारबार सोच्छौँ
दूरी लामो कहाँ तिमी कहाँ म तर सोच एउटै राख्छौँ
अनगिन्ती यी मेरा हाँसो साथै मुस्कानको पूर्ण श्रेय (आश्रय)
तिमी नै हौ भनी, मेरो सोचमा तिमी बस्छौ
अत्तरको सुगन्ध भरिएको मलाई छोई जाने बतासमा,
उही मेरो तिमी हुन्छौं
स्थगित हो समापन हैन सुरुवात गरौँ भनी
सोचमा बारम्बार त्यही शब्दहरू ल्याउँछौं
तिमी केबल तिमी नै हौ मेरो मुटुको धनी भनी
कहिलेकसो स्वप्नमा तिमी आउँछौं
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: