आज पनि तिम्रो बाटो टुलुटुलु हेर्छु मैले !
जिन्दगीमा हाम्रो भेट हुँदैन त अब कहिले ?
कसरी म सोधौँ तिम्लाई किन धोका दियौ भनी !
गल्तिहरु भए होलान् कहिँ कतै मेरा पनि !!
तिम्रो माया साँचेकोछु यो मुटुको भित्र मैले !
जिन्दगीमा हाम्रो भेट हुँदैन त अब कहिले ?
हाँसीहाँसी माया गर्छ्यौ आफै आई सपनीमा !
देखे पनि आँखा तर्छेउ किन फेरि बिपनीमा ??
तिमीलाई माया गर्दा बिराएँ कि धेरै मैले !
जिन्दगीमा हाम्रो भेट हुँदैन त अब कहिले ?
Liked by: