त्यो समयको बेला थियो
यो पनि समयकै बेला छ
त्यो मेरो समय थियो
यो उनको समय छ
आगामी थुप्रै दिनहरूमा समेत
जो जहाँ रहे बसे पनि
त्यही र यही
समयकै बेला हुने नै छ ।
यसरी हेर्दा ...
समय उस्तै देखिन्छ¸
सन्दर्भ फरक फरक छ
सम्झना उही छ¸
भूमिका अलग अलग छ
त्यसैले फेरिएका छन्¸
हाम्रा तिनै आनीबानीहरू
र¸
उजाडिएका छन्
त्यस्ता आचारविचारहरू ।
यसो भएपछि ...
सम्हाल्नै पर्यो
यो समयलाई समयमै
सम्मिलित हुँनै पर्यो
सम्पर्क र सहकार्य गर्दै
अरु को नै पो छ र !
समन्वयका सारथी
तँ¸ तिमी¸ तपाई¸
अनि¸ हामी¸ हजुर सबै भाइसाथी ।
Liked by: