उ आमाको गोडा फुटेको देख्दैन
प्रेमिकाको ओठ फुटेको देख्छ।।
६० बर्षे बुबालाइ बूढो देख्छ
बिचरा के थाहा उसलाई त्यो कुरा
उसलाई २५ बर्षे बनाउन बाबुले खर्चेको जवानी भनेर।।
तेसैले त उ पुरुष हो ।।
आमाको फोनमा छोराको अवाज बेतुक लाग्छ उसलाई
प्रेमिकाको baby अनि darling शब्द ले मन भित्रभित्रै रमाउछ
आमाको फोनलाई mute राखेर
उ भित्रभित्रै हराउछ प्रेमिल सन्सारमा ।।
तेसैले त उ पुरुष हो ।।
आमाले बोलाउदा घर जाने समय हुदैन
उ पियारी भेट्न काठमाडौ देखि दार्जिलिङ धाउछ
आमाले दिएको मकै र भट्मास बेकाम लाग्छ
एउटै चम्चाले ..खाएको चट्पटे बहुत स्वादिष्ट लाग्छ ।।
तेसैले त उ पुरुष हो।
घरकि भन्दा अर्कि राम्री लाग्छ
नियाली हेर्छ अरुका दिदिबहिनी
आफ्नालाइ कसैले हेरे
खुट्टा भाचिदिने धम्कि दिन्छ
तेसैले त उ पुरुष हो।।
त्यो उ म भित्र पनि छ
त्यो उ तिमी भित्र पनि छ
घरको सम्पुर्ण जिम्मेवारी उठाउछ
बुढी आमा तन्नेरी पिता गुलाब झै फुलेकी श्रीमती
अनि ती चिचिलाहरुको
तेसैले त उ पुरुष हो ।।
आमाको कुरा सुनेर प्रियसि लाई गाली गर्दैन
अनि प्रियसि कुरा सुनेर आमालाई पोस्दैन
सन्तुलन मा राख्छ न्यायलय को तराजुझै
घर मा प्रेम सद्भाव को कमि नहोस ।।
खेलाउछ बालबच्चालाई काखमा राखेर
फुलाउछ परिवारलाई सुबासमा राखेर ।।
तेसैले त (उ "म ") पुरुष हुँ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: