अन्धो यो प्रथा निभाउँदा निभाउँदै ,
कुरिती को बिँडामा बाँधिएकि छ।
अझै कुनै एकान्त कुनामा उ निसास्सिएकि छ।।
फुलसरी मुस्काउँ थि पहिले उ ,
खै के भाको हो आजभोलि उ रोधनमा बाँचेकि छ।
आज एकान्तमा एक्लै बसेर उ निसास्सिएकि छ।।
शरिर उसको पुरै कपडा हरूले ढाकिएका छन्,
फेरि पनि उसलाई हेर्ने गिद्धे नजरहरू सँग उ डराइरहेकि छ।
अझै कुनै एकान्त कुनामा उ निसास्सिएकि छ।।
फुल्न नपाई कोपिला मै निमुठ्ठीएका समाचार सुन्दा,
शंका उपशंका हरूमा तर्सिएर हेर्न थाली कि छ।
आजभोलि उ एक्लै निसास्सिएकि छ।।
कतै दाईजो नल्याएको निहुँमा ,
प्रेम प्रस्ताव नस्विकारेको निहुँमा,
तेजाब र मट्टितेल ले जलिरहेकि छ ।
हो आजभोलि उ निसास्सिएर बाँचेकि छ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: