 
            म राष्ट्रियताको कुरा गर्छु
उनी राजनीतिको
म समस्या,सम्भावनाका कुरा गर्छु
उनी परिवर्तनको भाषण 
म टालेको लुगाको 
बाध्यता हेर्छु
उनी इटालियन कार्पेटको
भरिएको सुटकेसको
टल्किएको गाडीको
म सपनाको सहरको 
यथार्थ खोज्छु
उनी यथार्थको ढुङ्गा 
आन्दोलनमा प्रहार गर्छिन्
म उड्न सक्ने आकाश 
नाप्न नसक्ने अन्तरिक्ष
र आत्मस्वभिमान खोज्छु
उनी त्यै बुढो अज्ञान 
क्षमता हिन मुढाको 
आगो ताप्छिन

Liked by: