यो संसार सुन्दर लाग्छ
किनकि हावाको वेग शरी
तिमी आउछौँ
शीतल अनि न्यानो स्पर्शका साथ
मेरो मन अनि तनलाई
हलचल गराउछौँ।
रापिलो घाम होस् या
त्यो कठ्याङरीलो जाडो
तिम्रो यादहरुले मलाई
सधै न्यायो अनि शीतल पारिरहेछ।
तिम्रो स्पर्शले यी
अदरहरु काप्न थाल्छन
अनि तिम्रो आगमनले
मलाई पुण बनाउँछ।
हाम्रै प्रतिक्षामा छन् होला
त्यी सुन्दर छहारीहरु
जँहा तिमी र म
घन्टौ कुरा गर्दा थाक्दैनथ्यौ।
म यो लामो बिछोड पछिको
त्यो सुन्दर भेटको प्रतिक्षामा छु
जहाँ महिनौ दबिएका
भावना अनि वेदना साटिनेछन्।
रात पछिको बिहान जस्तै
बर्षा पछिको त्यो सुन्दर घाम जस्तै
म पर्खिरहने छु त्यो अदभुत मौसम
जँहा तिम्रो र मेरो मायाको सुरुवात हुनेछ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: