दशैं आयो भन्दा
जागिर खानेलाई बिदा,
पढ्ने विद्यार्थी लाई बिदा
अल्लरे ठिटा ठिटीलाई
TV र मोबाइल हातमा
खई कस्तो दशैं आयो !!
न ,बाटो घाटो सरसफाइ गरिन्छ
न, दिन हेरेर रातो माटो खन्न गइन्छ
खई कमेरो खाने आमाहरु
के खाँदै छन् आजकल ।।
आजकल,
त घरमा चुन पनि लगाउन छोडी सके
माकुरोको जालो झारेर,
अघिल्लो दिन ढडाएको कमेरो
बिहानै उठेर,
त्यो ध्वसो ले भरिएको भित्तो पोती
छोरी चेल्ली घर लिपपोत गर्थे
र पो लाग्थ्यो,
दशैं आएछ।।।
हेर !!!
बोटैमा पाकेका
ती !!
केरा, काक्र ,भुई कटरको
बास्ना ले गाउँ नै सुगन्धित हुन्थ्यो
र पो दशैं लाए जस्तो लाग्थ्यो
दिन भरी बाबियो बटुलेर
लिङ्गे पिङको खामो काटेर
रात भरी बूढा हजुरबाहरु
तमुखु तान्दै,
सिलोक भन्दै ,
पिङ बाटन सिकाउँथे
र पो दशैं को रहनसहन हुन्थ्यो ।।
बिहानै उठेर आँखा मिच्दै
पिङ खेल्न
लाइन बस्दा,
बगली भरी कुटेका
चिउरा बोकेर करम करम चपाइन्थ्यो।।।
अनि
त्यो
बाख्री गोठमा
धार्नी अड्कलेर खशी बान्दा
रक्ती र खशीको कान खान
बुबा न हुँदा आमा लाई भनिन्थ्यो
र पो खुशी लाग्थ्यो दशैं।।।।
ती बूढा हजुरबा ले
बिहानै जमराको पूजा
गरेर टीका लगाई
मोरा !!
सिक पछि तैंले हो गर्ने भन्थे
अनि त्यो कोठा मा
छोरी ले हेर्नु हुन्न भन्दा लाग्थ्यो
म कति भाग्यमानी राएछु ।।।
वर्षको एक जोर नयाँ लुगा
निधार भारी रातो टिका
कानमा पहिलो जमरा
हात भरी रातै भएका नयाँ पैसा
लिएर
दाजु भाई बटुली सँगसँगै
गाउँ डुलेर टिका लगाउँदा
पल्ला घरे काईला बाले
यौ बजिय त छोरा मान्छे
पैसा दिने होइन
ला जमरा समा भन्दा
खुट्टै न ढोगी भाहिन्थ्यो
अनि आफ्नु
छोरी नभएको मा थकका थक्क लाग्थ्यो
त्यो टाढाको मामाघर
आमाको
पुच्छर गइन्थ्यो र पो
लाग्थ्यो दशैं आएछ
आजकल
रक्सी का बोतल
र तस्का खल मात्र देखिन्छ
खै कता गए
हाम्रा संस्कृति कता गए ती रमझम
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: