टिकटिक गर्दै चल्दैछ घडी
सुस्तरी या बेसरी ?
बुझ्नै गाह्रो छ,
त्यहि भएर यो यात्रा
जिन्दगीको सारो छ,
बेलाबखत तात्ने पारो छ
यो टाउकोमा
खै क-कस्को उधारो छ ?
कुद्दैछ, उड्दैछ
झर्दैछ, चढ्दैछ
अकस्मात यहाँ त हावाहुरी चल्दै छ
असिना पानी पर्दैछ
ऐय्या! टाउकोमा टुटुल्को उठिसकेछ
खै, कहाँ गएर लुक्ने ?
कहाँ भाग्ने, कहाँ कुद्ने ?
अत्तोपत्तो छैन;
होस हरायो, बेहोसी छ
गाडी निस्क्यो बाटो बाहिर
गयो, पल्टियो छेउमा
चोटपटक छ, दाग छ
अब जान मात्रै बाँकी छ
अस्पताल ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: