Waah Rashtriyata | Hamro Patro

ब्लग - साहित्य / 'हाम्रो कविता'

वाह ! राष्ट्रियता




   गोपाल खनाल - Jan 12 2021

जनतामा आश मरेको बेला
नेतृत्वले घात गरेको बेला
स्वाधीनता बसाईं सरेको बेला
राष्ट्रियता बन्धकमा परेको बेला
दुखेको छ प्रत्येक नेपाली मन ।। १।।

राजनीतिका नाममा लाजनीति
अनेक तन्त्रका नाममा छाडातन्त्रले
कुहिरोको काग छ भविष्य
दुख्दैन भ्रष्ट,स्वार्थीहरुलाई
सीमा मिचिंदा
थिचिंदा गरिबीले जनहरु
अभावले छट्पटिँदा मनहरु ।।

स्वार्थकै लागि लड्ने बुज्रुकहरु
निर्लज्ज प्रश्न गरिरहेछन्
इतिहाससित
एकताको प्रतीकसँग 
भुलेर दूरदर्शिता र अठोट
कदम गलत थियो भनेर
भुलले फूल मै अल्झिनेहरु
सायद माला रुचाउँदैनन् ।।

बेचेर सम्पदा देशको खानेसँग
स्वार्थपूर्तिका लागि सती जानेसँग
समृद्धिको नारामा
भुलाएर सारालाई
जो खोक्रो राष्ट्रियता भुकिरहेछन्
र विपत्तिमा लुकिरहेछन्
तिनैबाट नयाँ नेपालको आश
आकाशको फल देख्छु ।।

लिङ्कनको प्रजातन्त्र
ड्युनाको त्याग
पृथ्वीको धैर्यता र एकता मोह
मन्डेलाको राष्ट्रियता र जातिप्रेम
बुद्धको साधना
भुलेर यी सबै
कहाँ बुझिन्छ राष्ट्रियता ?
कहिले चुलिन्छ देशभक्ति ?।।

साँच्चै नयाँ नेपाल
समान नियमको होस्,
होस् शान्ति र सिर्जनाको
हात पसार्न नपरोस् कसैसँग
हटोस् छुवाछुत, छाउपडी र बोक्सी
जस्ता कुप्रथाहरु
अन्धविश्वास र विकृतिका कारण
नपरोस् दिदी, भाउजूहरु जिउंदै जल्न
अनि बहिनीहरुको नहोस् भु्रण हत्या
अभाव र छट्पटिले पिल्सन नपरोस् कसैलाई ।।
दुनियाँले भनोस् वाह! राष्ट्रियता
वाह  राष्ट्र ।।

परोपकार, मानवता
शिष्टता अनि भुलेर क्षमाभाव
कहाँ बच्छ र अस्तित्व ?
बचाउन यी सबै सबै
सच्चा मानवको खोजी
गरिरहेछ देश ।।

मुकुुण्डो भिरेकाहरुसँग 
डरमा छिन् नेपाल आमा
निर्धक्क बाँच्न, बचाउन हाँस्नु, हँसाउन
पाइयोस् सधैं
श्रमको मूल्य खोज्दै
सडकमा लम्पसार परेका जयनन्दलाल
भोको पेटमा भारी बोकिरहेका हर्षमान
सिटामोल नपाएर छोरा गुमाएकी कान्छीमाया
सबैलाई अनुभूत गराउन पाइयोस् राष्ट्र रहेको
राष्ट्रिय एकता ए कता नहोस्
सदा कायम रहोस् राष्ट्रिय एकता ।।
इति.........।    

-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.