ए मेरो भाई,
तिमी भाई भएर जन्मियौ र त ,
म दिदी हुन पाए !
मैले तिमीलाई कहिले ठानेर निर्बल ?
कहिले तिमीलाई अबुझकी ठानेर बाबु ?
बरु मत
त्यस अनजान नाबालक अवस्थामा पनि,
तिम्रो जन्मले हर्षित भएकी थिए !
म दिदी हुन पाएकोमा !
अँ मलाइ याद छ अझै पनि !
म आफुले आफैलाई एकाएक शक्तिशाली ठानेकि थिए,
जब तेरो त भाइ जन्मियो भन्दै,
थपथप्पाइएको थिइयो मलाई,बाढो इज्जतका हातहरुले मेरो टाउकोमा !
सायद ती थपथप्पाइहरु बाटै,
मैले यो बुझेकी थिए,
कि म दिदी हुन पाए सौभाग्य पाए!
संसार जिते !
हो म साँच्चिकै खुसी भएकी थिँए तिम्रो जन्मले,
त्यस नाबालक अवस्थामा पनि!
जुनबेला छिमेकि माईजुले,
पहिलो छोरीपछि पनि
३ वटी छोरी जन्माएकी थिईन्
र तेसैबेला,
छिमेकीहरुले,
तिम्रो भाग्यमा त छोरा नै छैन भन्दै,
ती माईजुलाई गिज्याइरहेका थिए !
ठिक त्यसैबेला,
मम्मीले म पछि तिमीलाई जन्माउदा
साँच्चिकै म खुसी भएकी थिए !
तिम्रो आगमन हुदा त्यस समय।
जुन समय तिम्रो जन्मले,
छिमेकिहरुको गिज्याइबाट बचाएको थियोे मम्मीलाई !
बाबु तिमी कत्तिपनी अपरिचित नहुनु,
म उही दिदी हुँ तिम्री
जो, अनजान अवस्थामै पनि तिम्रो आगमनले,
महसुस गरेकि थिई संसार जितेको !
फरक यत्ति हो,
बुझ्नु तिमी !
रहिन केही दशक अगाडीकि तिम्रि दिदी
कि आज,
पढ्न सक्ने भएकि छ यो समाजका गतिविधि
छर्लङ्ग देख्न सक्ने भएकि छ,
संस्कार-संस्कृतिले निर्देशित गर्ने बाटोहरु !
झस्काइ दिएका छन् सामाजिक रिति-थितिले,
तिम्रि दिदीलाई
समग्र समाज पढिरहेछु !
बद्लिएकी म तिम्री दिदी यतिबेला,
तिमिलाई यी सबै सबै कुरा बुझाउने प्रयत्न गरिरहेछु !
तिमी भाई भएरै उचाइ र म दिदी हुँदा पनि सतही,
हुनुको परिभाषा,
समाजले निर्धारण गरेको यो अर्थ र परिभाषा।
र,
हुनु पर्ने वास्तविक परिभाषा !
म तिमीलाई बुझाउन खोजिरहेछु,
आतङ्कित नहुनु तिमी भयभीत नहुनु !
म तिम्री दिदी नै हुँ,
Liked by: