किन होला आकाश मा
आज जुन पनि एक्लै देखियो
ती जुन सँगै टल्किने तारा कहाँ गए होलान्
राती लागे को एक्लो-पन को बदललें ढाक्यो की ?
कहाँ होलान् ती तारा
जसले जुन सँगै टलक्क टलकी
रात का ती हरेक पल लाई सुन्दर बनाउँथ्यो
कहाँ होलान् ती तारा जसले
जुन मा भएको दाग दोष लाई
आफ्नो मधुरो प्रकाश ले लुकाउँथ्यो
कहाँ होलान् ती तारा हरू ?
आकाश तिर हेरी रहे का
यी रसिला आँखा को आँसु ले छेक्यो की
ती तारा का प्रतिक्षा मा
जुन विलीन हुँदै गए को छ
क्षितिज बाट आए को सूर्य को प्रकाशले
जुन लाई आफ्नो अस्तित्व सकिने संकेत गरी डराएको हो कि ?
भोलि फेरि रात हुने छ
भोलि फेरि जुन आफ्नो तारा को प्रतीक्षा गर्ला
के थाहा भोलि ती एक्लोपन को बदला हराई
जुन र तारा सधैंझै सँगै टल्किने हो कि ?
के थाहा आँखाका नानी लाई छेकेको आँसुका थोपा
भुईमा खसी अवर्तित भएका प्रकाश
सिधै यो आस का आँखामा परी
जुन र तारा सधैंझै सँगै देखिएला की?
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: