त्यो समय कति रमाइलो थियो है
दशैं को लुगा किन्ने बित्तिकै
लुगा देखाउन गाउँ घर सबै घुमिन्थियो।
मिठो मिठो खानेकुरा सबै मिलेर बनाएर खाइन्थियो।।
दशैं आयो दसैं आयो भन्दै हातका औंला पनि गन्न्थियो।
सुनसान छ यो दशैं
दशैं आउनु भन्दा एक महिना अगाडि नै रंगीचंगी हुने यो गाउँ ।
अहिले सुनसानले भरीएको छ यो ठाँउ ।।
कोहि बिदेश पसे त कोहि शहर पसे आफ्नै बाध्यताले ।
सुनसान छ यो दशैं
दशैं आउन लाग्दा घर घरमा कमेरो माटो दल्ने हामी ।
अहिले त टीका को दिनमात्र घर फर्किने हामी ।।
सुनसान छ यो दसैं
खै कता गयो त्यो लिङ्गे पिङ्ग
आज भोलि त देख्दिन म ।
खै कता गए ती साथीहरु
दशैं जस्तो महान पर्वमा पनि भेट्दिन म।।
सुनसान छ यो दशैं
अहिले त खासै दशैंमा जमरा पनि पाइदैन।
परिवार सबै मिलि दशैं मा खान खाने पनि समय छैन ।।
सुनसान छ यो दशैं
सबै आफ्नै आफ्नै धुनमा हिंड्छन यहाँ ।
दशैंको खुसी व्यक्त गर्न म जाउ कहाँ ।।
सुनसान छ यो दशैं
आफ्न्तसँग गफ गर्दै हिनेर मावल जानुको मझा नै बेग्लै थियो।
अहिले अट्टो टेम्पोले पैसा त लियो लियो साथै रमाइलो पल पनि भुलाइ दियो।।
सुनसान छ यो दशैं
आइन्द्रो नसुते सिरिन्त तसिरते भन्ने मन्त्र त हराएर गए छ ।
दशैंमा आशिर्वाद लिने हो तर अहिले त आशिर्वाद पछीको खाम पो हेरिदो रैछ ।
सुनसान छ यो दशैं
कसैकोमा दशैं आउँछ त कसैकोमा आउदैन।
परिवारको सबै सदस्य भेला नभई दसैंमा खुशीयाली छाउदैन।।
सुनसान छ यो दशैं
सुनसान छ यो दशैं ।
समस्त नेपाली सबैमा यो २०७६ साल को महान पर्व दसैंको शुभकामना ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: