यो कलियुग रैछ
संसार साथी यस्तै रैछ
ओभानु पानी माथि नै रैछ
बा“च्न खानेलाई नपुग्दो रैछ
खान बा“च्नेलाई नरुच्दो रैछ
संसार साथी यस्तै रैछ।
आफू अघि बढ्नु नपर्ने
अरुलाई पछि पार्नु रैछ
आपm्नै महिमा गाउनु रैछ
मपाइत्व जमाउनु रैछ
इमानदारीता, चरित्र धरौटि राखी
आफ्नै दुनो सोझ्याउनुरैछ ।
राम्रा जति आफुलाई मात्र,
बाकि रहेमा चढाउनु रैछ
मनको मैलो कसले देखोस्
भौतिकतामा नै रमाउनु रेैछ
मनको आवाजलाई नसूनिकन
बुद्धिको बासुरी बजाउनु रैछ।
युद्धको चित्कार कर्णप्रिय रैछ
बुद्धको सन्देश जीर्णप्राय रैछ
जसको शक्ति उसैको भक्ति,
क्षमता, सामथ्र्य गौण रैछ
चाप्लुसी, अवसरवाद प्राण रैछ।
आत्मसन्तोष यहा“ पलायनवाद रैछ
उत्पीडितको पसिनाको बडो स्वाद रैछ
नैतिकता त अचम्मै खल्लो रैछ
बेइमानी पो आस्वादनयुक्त मिठाइको डल्लो रैछ
कर्तव्यनिष्ठको झुपडिको बास रैछ
कपटिकै गगनचुम्बी निवास रैछ
यो दुनिया बिछट्टै अचम्म रैछ
संसार साथी यस्तै रैछ
संसार साथी यस्तै रैछ ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: