नेपालीका लागि सन् २०१७ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नेपालीका लागि सन् २०१७




कुल २ सय २० सिटको समानुपातीक नतिजामा एमालेले ७५ सिट पाएको छ । प्रत्यक्ष तर्फ कूल ३ सय ३० सिट मध्य १ सय ३८ सिट पाएर नेकपा एमाले पहिलो पार्टी भएको थियो । प्रदेश सभा तर्फ कूल ५ सय ५० सिटमा एमाले एक्लैले २ सय ४३ सिट जितेको छ । प्रदेश सभाको प्रत्यक्षमा ४१ सिट जितेको काग्रेसले समाुनपातीकमा ७२ सिट जितेर एमले लाई पछ्याएको छ । प्रत्यक्षमा ७३ सिटमा जितेको माओवादी केन्द्रले समानुपातीकमा ३५ सिट पाएको छ ।



बर्ष २०१८ को हार्दिक मंगलमय शुभकामना, नेपाली अनि समग्र नेपालका लागि बर्ष २०१७ धेरै रुपमा महत्वपूर्ण रह्यो । आउनुहोस कुरागरौं यस बर्ष अर्थात २०१८ मा आम नेपालीहरुको औसत अपेक्षाका बारेमा । गरौं समिक्षा बर्ष २०१७ को नेपाली परिवृतीमा । यस बर्ष अर्थात सन् २०१७ मा नेपालमा पनि धेरै परिवर्तनहरु आएका छन् । परिवर्तनका श्रृखलाहरुमा मुख्यतया नेपाली लोकतन्त्र अभ्यासका लागि गरिएको चुनावहरुका श्रृखलाहरु मुख्य रहे । बैशाख देखि शुरु भएका चुनावका चरणहरु मसिंरमा आएर मात्र समापन भएका हुन् । स्थानीय निर्वाचन अनि प्रदेश सभा तथा प्रतिनीधी सभा निर्वाचन एकै बर्षमा नेपालले सुसम्पन्न गरेको छ तथापी यी चुनावी चरणहरु अहिलेसम्मकै सबैभन्दा महँगा अनि धेरै महत्वाकांक्षी चुनाव मानिएको छ । 
कुल २ सय २० सिटको समानुपातीक नतिजामा एमालेले ७५ सिट पाएको छ । प्रत्यक्ष तर्फ कूल ३ सय ३० सिट मध्य १ सय ३८ सिट पाएर नेकपा एमाले पहिलो पार्टी भएको थियो । प्रदेश सभा तर्फ कूल ५ सय ५० सिटमा एमाले एक्लैले २ सय ४३ सिट जितेको छ । प्रदेश सभाको प्रत्यक्षमा ४१ सिट जितेको काग्रेसले समाुनपातीकमा ७२ सिट जितेर एमले लाई पछ्याएको छ । प्रत्यक्षमा ७३ सिटमा जितेको माओवादी केन्द्रले समानुपातीकमा ३५ सिट पाएको छ । उक्त तीन दलका प्रतिनीधी ७ वटै प्रदेशसभामा उपस्थित हुनेछन् । स्थानीय चुनावमा कांग्रेससंग जोडिएको माओवादी प्रदेश र प्रतिनीधी सभा निर्वाचनमा भने बाम एकताको स्वरुपमा नेकपा एमालेसंग जोडिन आएको छ । स्पष्ट रुपमा बहुमत पाएको बाम घटकले लोकतान्त्रीक नेपालको प्रथम प्रतिनीधी अनि राष्ट्रिय सभालाई नेतृत्व दिने भएको छ । अन्तराष्ट्रिय जगतमा भने नेपालको चुनावी क्रममा भएको देब्रे शाखा अर्थात बाम घटकको बहुमतलाई चीनसंगको निकटताका रुपमा पनि टीकाटीप्पणी भएको छ । अबको सरकारसंग लोकतान्त्रीक अभ्यास अनि बिकास बाहेक अन्य कुनै बिशेष मुद्धा छैन् । बिकास अनि समृद्धि तर्फको पथमा नेपाललाई संभवत बर्ष २०१७ ले प्रथम पाइला चालेको छ । सन् २०१७ को अन्त्य तिर नै प्रदेश र प्रतिनीधी सभाको चुनाव अघि माओवादी नेतृत्वको शिखर नेता प्रचण्डका पुत्रको असामहीक निधन पनि नेपालमा हल्लाखल्ला भएकोे बिषय हो । उता सम्पती शुद्धिकरणका क्रममा तथ्यगत अनुगमनका रिपोर्ट अनि मुछिएका पात्रहरुको खेल पनि यस बर्ष बहुचर्चित रह्यो र परिणाम हेर्न बाँकी छ । भुईचालो पिडीतहरुको घरका छानाहरु देखि शान्ती तथा पूर्नस्थापना आयोगका मुद्धाहरुका न्याय खोजिरहेका आँखाहरुका भाकाहरुलाई सन् २०१८ ले न्याय अनि न्यानो देला भन्ने आश पनि धेरैको छ । ढलेको दरबार स्क्वाएर देखि छोपिँदै गएको फेवा, बेगनाश अनि रुपा का आकारहरु स्वष्ट पार्ने जिम्मा पनि सन् २०१८ कै पोल्टोमा परेको छ संचार प्रविधीका क्रममा नेपालले यस बर्ष पनि ठूलै फड्को मारेको छ, कही नयाँ टिभी च्यानल अनि नेपाल आईडल जस्तो बहुचर्चित रियालीटी शो पनि यसै बर्ष सन् २०१७ मा नेपालमा देखिए । अनलाईन भिडीयो, यूट्यूबरहरु अनि प्रान्क भिडीयोका श्रखलाहरु बर्ष २०१७ ले धेरै नै पाएको हो । बाढी पहिरो लगायत भुकम्पका थोरै पराकम्पनहरु यस बर्ष पनि महसुस गरिए, बाढी पहिरोले धनजनको धेरै नै क्षती गरेको बर्षका रुपमा यस बर्ष २०१७ लाई लिन सकिन्छ । अबको बर्ष सन् २०१८ मा नेपालली ले धुलो धुँवाका मुस्लाहरु कम खप्न परोस् अनि बाटाघाटाहरु सलल बनुन भन्ने अपेक्षा छ । काठमाडौ उपत्यकाका हकमा भने मेलम्चीले पानी सतत प्रवाह गरोस अनि अब मेलम्चीका नाममा बाटाहरु नखनियून भन्ने आशा पनि छ । भत्कीएका भवन बनुन, मन्दिरको लाज जोगाइयोस अनि देशमा बिदेशी हस्तक्षेप अनि धर्मको व्यापार कम हुनपर्ने नेपाली आशा छ । स्वास्थ क्षेत्रमा अनशन अनि मागसहितका आन्दोलन यस बर्ष पनि नभएक हैनन तथापी चुनावको परिणामले दिएको म्यान्डेटमा ती बुँदाहरु पर्लान या नपर्लान अबको बर्षले बताँउदछन् । चुनावमा नयाँ पार्टीहरुका प्रगती बिवरण उत्साहजनक देखिएपनि राष्ट्रिय पार्टीका रुपमा भने केही आशालाग्दा पार्टीहरु नआएका भने हुन् । नया धारका चलचित्र अनि नाट्य क्षेत्रमा पनि उत्साहजनक परिवर्तन् देखिएको सन् २०१७ लाई अबको बर्षले थप उत्साहका बिवरणहरु प्रदान गरोस् । सन् २०१८ को शुभकामना । सडक यातायातका धेरै नै दुर्घटनाका खबरहरु बर्ष २०१७ ले नेपालमा दिएर गएको छ र अबको बर्ष २०१७ मा सडक दुर्घटना लाई निरोध गर्नका लागि उचित कदम चालिनेछ भन्ने जनअपेक्षा छ । उता महत्वाकांक्षी अनि महंगा चुनावी क्रममा रित्तिएको नेपाली राष्ट्रिय ढुकुटी भर्ने अनि देश चलाउने क्रममा अबो सरकार संगको चुनौती अनि बढाउन आँटिएको कर रकम धान्ने सामथ्र्य गरिब नेपालीहरुलाई पशुपती नाथले दिउन भन्ने अपेक्षा पनि सबैको छ । बैदेशिक रोजगारको सिलसिला संगै रेमिट्यान्स संग पुस्ता अनि काठका बाकसका मृत शरीरहरु साट्ने क्रम बर्ष २०१७ मा पनि उस्तै छ, यस बर्ष पनि चर्चामा रहेको सुन साईली परदेशबाट म आँउला चालीस कटेसी रमाउला जस्ता परिवेश अबको बर्षमा नेपाली भूमिमा नरहोस् ।नेपाली संसदमा अबका अधिकाशं समय सत्ता समिरणमा नगई एकात्मक सरकार अनि स्पष्ट कार्यदिशाको अपेक्षा छ । अर्कोतर्फ कुटनैतिक समबन्धमा एकरुपता अनि परर्निर्भरताको कमीका रुपमा पनि यस सरकारले कदम चलाउने अपेक्षा यस सरकारसंग छ । 
रानीपोखरीकोे पूर्ननिर्माण देखि सिहंदरबारको पूर्ननिर्माणसम्म यस बर्ष अर्थात सन् २०१८ ले अपेक्षा राखेको छ । निजगढ बाराको हवाई फिल्ड देखि त्रिभुवन बिमानस्थलको नवनिर्माणसम्म को ठेक्का यसै बर्षले लिएको छ । पर्यटनको प्रर्वधनका लागि नेपाल पर्यटनले घोषणा गरेको घुमफीर बर्ष को थप सस्करणहरु यस बर्ष सुन २०१८ ले अपेक्षा गरेको छ । कालिन्चोक दोलखाका हिँऊहरु देखि उपल्लो मुस्तागंका धुलो अनि हिँऊसम्म पर्यटकका पदचापले केही हदसम्म कुँदिएको बर्ष २०१७ ले बर्ष २०१८ लाई थप पर्यटनको संभावना बोकेर हस्तान्तरण गर्दैछ । नेतृत्वको नियती देखि ईमान्दारीतासम्म अनि पार्टीगत स्वार्थभन्दा माथी राष्ट्रिय स्वाभिमानका मुद्धासम्म यसबर्ष सन् २०१७ ले अपेक्षा गरेको छ । लोडशेडिगंको समयको कटौती सुन २०१७ मा जति भएको थियाृ त्यो भन्दा धेरै लोडशेडिगं सन् २०१८ ले भोग्नुनपरोस् । उर्जामा स्वनिर्भरताको बर्षका रुपमा सन् २०१८ प्रमाणीत होस् । 
मेची देखि महाकालीसम्म मुस्कान कायम रहोस् । शुभकामना । 
हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.