2081 Ma Kahile Kahile Sarvajanik Bida | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

२०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?





विक्रम संवत २०८१ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४६ ईस्वीय सन् २०२४-२०२५ र नेपाल संवत ११४४-११४५ । नेपाल सरकारको गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि संवत् २०८१ साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको सार्वजनिक एवम् पर्व बिदाहरूको सूचना प्रकाशन गरेको छ । हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि प्रस्तुत छः विदाहरूको संक्षिप्त जानकारी ।

१) नयाँ वर्ष - बैसाख १ गते शनिबार ।
२) रामनवमी - बैसाख ५ गते बुधवार ।
३) विश्व मजदुर दिवस - (मे १) - बैशाख १९ गते बुधबार ।
४) चण्डी पूर्णिमा (बैसाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभैाली पर्व - जेठ १० गते बिहिबार ।
५) गणतन्त्र दिवस - जेठ १५ गते मङ्गलबार ।
६) रक्षाबन्धन - भदौ ३ गते सोमबार ।
७) गाईजात्रा - भदौ ४ गते मङ्गलबार (देशभरका नेवार समुदाय र काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
८) श्रीकृष्ण जन्माष्टमी - भदौ १० गते सोमबार ।
९) गैारा पर्व - भदौ १० गते सोमबार । (सम्बन्धित समुदायलाई मात्र)
१०) हरितालिका (तीज) व्रत - भदौ २१ गते शुक्रबार । (महिला कर्मचारीहरूको लागि मात्र)
११) इन्द्रजात्रा - असोज १ गते मङ्गलबार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
१२) संविधान दिवस (राष्ट्रिय दिवस) - असोज ३ गते बिहिबार ।
१३) जितिया पर्व - असोज ९ गते बुधबार (जितिया पर्व मनाउने महिला कर्मचारीको लागि) ।
१४) घटस्थापना - असोज १७ गते बिहिबार ।
१५) दशैं बिदा (असोज २४ गते बिहिबारदेखि असोज २८ गते सोमबारसम्म (फूलपातीदेखी द्वादशीसम्म) ।
१६) तिहार बिदा (कार्तिक १५ गते बिहिबार देखि कार्तिक १९ गते सोमबारसम्म) लक्ष्मीपूजा कार्तिक १५ गते बिहिबार, म्ह पूजा, नेपाल संवत् प्रारम्भ, गोवर्धन पूजा - कार्तिक १७ गते शनिबार, र भाइटिका /किजा पूजा - कार्तिक १८ गते आइतबार ।)
१७) छठ पर्व - कार्तिक २२ गते बिहिबार
१८) फाल्गुनन्द जयन्ती - कार्तिक २५ गते आइतबार (किराँत धर्मावलम्बीहरूको लागि मात्र)
१९) गुरु नानक जयन्ती - कार्तिक ३० गते शुक्रबार (नेपाली सिख धर्मावलम्बीहरूको लागि मात्र)
२०) अन्तरराष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर ३) - मङ्सिर १७ गते मङ्गलबार । (नेपाल भित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीको लागि मात्र)
२१) धान्य पूर्णिमा - किराँत समुदायको उधौली पर्व, योमती पुन्हि (ज्यापु दिवस) - मङ्सिर ३० गते आइतबार ।
२२) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ ) - पुस १० गते बुधबार ।
२३) तमू ल्होसार - पुस १५ गते सोमबार ।
२४) पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) - पुस २७ गते शनिबार ।
२५) माघी पर्व/माघे सङ्क्रान्ति - माघ १ गते मङ्गलबार ।
२६) सहिद दिवस - माघ १६ गते बुधबार ।
२७) सोनम ल्होसार - माघ १७ गते बिहिबार ।
२८) वसन्त पंचमी - माघ २१ गते सोमबार । (शिक्षण संस्थाहरूको लागि मात्र)
२९) राष्ट्रिय प्रजातन्त्र दिवस - फागुन ७ गते बुधबार ।
३०) महाशिवरात्री - फागुन १४ गते बुधबार ।
३१) हिमाली आदिवासी शेर्पाहरूले मनाउने ग्याल्पो ल्होसार - फागुन १६ गते शुक्रबार ।
३२) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) - फागुन २४ गते शनिबार ।
३३) फागु पूर्णिमा - हिमाली र पहाडी लगायत ५६ जिल्लाहरूमा फागुन २९ गते बिहिबार र तराईका २१ वटा जिल्लाहरूमा चैत्र १ गते शुक्रबार ।
३४) घोडेजात्रा - चैत्र १६ गते शनिबार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३५) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन ।
३६) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन ।
३७) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३८) सिरुवा पावनिको दिन - (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा) ।
३९) मोहम्मद जयन्तीका दिन - (नेपाली मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र) ।

२०८१ साल शुभ रहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.