आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?





आमाको मुख हेर्ने दिन नजिकिदै छ । हामी मध्ये कोही आफ्नो आमाको नजिक छौं होला भने कोही निकै टाढा । हामी जहाँ भएपनि आमासँगको भावना सबैभन्दा नजिक हुने गर्दछ । मातातिर्थ औंशी नजिक आउन थालेपछि हामी सबैलाई यो विशेष दिनमा आफ्नो आमालाई के उपहार दिने भनेर अन्योल रहने गर्दछ । तपाईंहरू मध्ये धेरैले आफ्नो क्षमता अनुसार आमालाई के उपहार दिने भनेर योजना बनाउन थालिसक्नु भएको होला । यदि छैन भने हामी तपाईंहरूलाई यो दिनलाई अविस्मरणीय बनाउन र आमालाई उपयोगी हुने उपहारहरू के कस्ता हुनसक्छन् त भनेर यो लेख मार्फत जानकारी लिएर आएका छौं । 

१. विद्युतीय उपकरण (Electric Appliances)
आफ्नो परिवारको लागि प्राय घरायसी काममा दिन बिताउने आमाहरूको लागि सहज होस् भनेर तपाईंले आफ्नो आमाको लागि राइस कुकर, रोटी मेकर, टिभी, वासिंग मेशिन, ओभन, पानी तताउने भाडो, जस्ता विद्युतीय उपकरणहरू उपहार दिन सक्नुहुनेछ ।


आमालाई विद्युतीय उपकरणहरू पठाउन यहाँ क्लिक गर्नुहोस् ।

२. ड्राइ फ्रुट्स (Dry Fruits)
मानिसहरूको बदलिदो जीवनशैली अनि बढ्दो व्यस्तताको कारण सन्तुलित भोजनको सुविधा जता त्यतै उपलब्ध नहुँदा शरीरलाई आवश्यक पर्ने तत्त्वहरू पूरा गर्न ड्राइ फ्रुट्स उत्तम विकल्प हो । त्यसैले यो दिन आमालाई ड्राइ फ्रुट्स उपहार दिएर स्वस्थ जीवन बाच्न प्रेरित गर्न सक्छौँ ।


आमालाई ड्राइ फ्रुट्सहरू पठाउन यहाँ क्लिक गर्नुहोस् ।

३. हेल्थ किट्स (Health Kits)
हामीले आमालाई हेल्थ किट्स दिएर आमाको स्वास्थ्यको बारेमा थप संवेदनशिल हुन सक्छौँ । हेल्थ किट्समा थर्मोमिटर, प्रेसर नाप्ने उपकरण, सुगर जाँच्ने उपकरण जस्तै साथै विभिन्न उपयोगी उपकरणहरू पर्दछन् ।
आमालाई हेल्थ किट्सहरू पठाउन यहाँ क्लिक गर्नुहोस् ।


४. कस्टमाइज्ड गिफ्टस् (Customized Gifts)
हामीले आमाको मुख हेर्ने दिनमा आमालाई कस्टमाइज्ड गिफ्टस्(Customized Gifts) पनि दिन सकिन्छ । यसमा कुशन, कप आदि वस्तुमा आमाको नाम, तस्विर, तथा आफूसँगको कुनै महत्वपूर्ण क्षणहरूको तस्विर बनाएर आमालाई खुशी बनाउन सकिन्छ ।


कस्टमाइज्ड गिफ्टस् पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

५. सारी, कुर्तासुरुवाल तथा पस्मिना
अधिकांश महिलाहरूलाई नयाँ अनि आकर्षक वस्त्रहरूको रहर हुने गर्दछ । त्यसैले आमाको मुख हेर्ने दिनमा आमालाई नयाँ सारी, कुर्तासुरुवाल, पस्मिना, आदि वस्त्रहरू उपहार स्वरूप दिन सकिन्छ।


सारी, कुर्तासुरुवाल, पस्मिना, पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

६. केक तथा मिठाइ
आमाको लागि यो विशेष दिनमा थप उत्साह भर्न तपाईंहरूले आफ्नो आमाको लागि केक काट्ने व्यवस्था मिलाउन सक्नुहुनेछ । त्यसका अलावा मिठाई उपहार दिएर पनि आमालाई खुशी बनाउन सकिनेछ । यदि आमालाई मधुमेहको समस्या छ भने तपाईंहरूले सुगर फ्री केक या मिठाइ समेत अर्डर गर्न सक्नुहुनेछ ।


केक पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

७. घडि, परफ्युम तथा एसेसरिज
घडि, परफ्युम तथा अन्य एसेसरिज उपहार दिएर आमालाई खुशी पार्न सकिन्छ । घडि, परफ्युम तथा अन्य एसेसरिजले मानिसको व्यक्तित्वमा निखार ल्याउने गर्दछ । साथै हजुरहरूले कस्मेटिक तथा श्रंगारका सामानहरू पनि दिन सक्नुहुन्छ । यसमा तपाईंको आमालाई व्यक्तिगत रुपमा मन पर्ने कुनै पनि वस्तु हुनसक्छन् ।


घडि, परफ्युम तथा एसेसरिज पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।


८. मोबाइल फोन 
आमालाई यो दिन तपाईंहरूले मोबाइल फोन दिएर पनि खुशी बनाउन सक्नुहुन्छ । 


मोबाइल फोन उपहार पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

यदि तपाईंहरु अझ पनि आफ्नो आमालाई दिने उपयुक्त गिफ्टको बारे अझै अन्योलमा हुनुहुन्छ भने तल दिईएको लिंकमा क्लिक गरेर आफ्नो अन्योललाई मेट्न सक्नुहुनेछ । 
विदेशमा बस्नुभएका मानिसहरूले हाम्रो पात्रो गिफ्ट्स मार्फत मातातिर्थ औंशीको दिन आफ्नो आमाको लागि सरप्राइज उपहार पठाएर उहाँलाई खुशी प्रदान गर्न सक्नुहुनेछ ।

आमाको मुख हेर्ने दिनको सबै आमाहरूलाई स्नेह र सद्भावसहित शुभकामना !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.