आउँदा दिनहरूमा Telehealth को महत्व | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

आउँदा दिनहरूमा Telehealth को महत्व





बिरामी हुनु हाम्रो छनोट वा रोजाइ होइन । रोग लाग्न नदिनु उचित हो तर विभिन्न कारणवश हामी बिरामी परिरहेका हुन्छौं। यसर्थ, हामीलाई जुनसुकै बेला विज्ञ डाक्टरको परामर्श आवश्यक पर्दछ ।

अस्पताल या पोलिक्लिनिक गएर पुर्जी काट्न लाइन लाग्ने अनि पुर्जी काटिसकेपछि पुन आफ्नो पालो कुरेर बस्न पक्कै पनि सहज हुँदैन । अहिलेको व्यस्त जीवनशैलीमा कतिपय मानिसहरूले त यही झन्झटबाट मुक्त हुन पनि आफ्नो शरीरमा आएको सानो समस्याहरू बेवास्ता गरेर बसिरहेका हुन्छन् । तिनै साना समस्याहरू पछि गएर ठूलो रोगमा परिणत हुन सक्छ भनेर धेरै मानिसहरू अनविज्ञ देखिन्छन् । विज्ञ डाक्टरसँग परामर्श लिन सहज भइदिने हो भने स्वास्थ्यका साना भन्दा साना समस्याहरूमा पनि मानिसहरूले हेलचेक्र्याइँ अवश्य गर्दैनन् ।

अहिले नेपालकै सबैभन्दा लोकप्रिय मोबाइल एप्स हाम्रो पात्रोले ल्याएको सुविधा “हाम्रो पात्रो हेल्थ ”ले नेपालको उपचार पद्धतिमा त्यहीँ सहजता लिएर आएको छ । अब हाम्रो पात्रो मार्फत हामी घरमै बसेर अडियो र भिडियो कलको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरसँग परामर्श लिन सक्छौँ । यसलाई नै टेलिहेल्थ भनिन्छ ।अब डाक्टर र विरामी बिचको संवादलाई भौतिक दुरिले छेक्दैन । त्यसैले पनि टेलीहेल्थ सुविधाको सान्दर्भिकता आगामी दिनहरूमा अझ बढ्दै जाने पक्का छ ।

भौगोलिक रूपले दुर्गम मानिएका स्थानहरूमा टेलीहेल्थको उपयोगिता झन् धेरै हुन्छ। कतिपय स्वास्थ्य चौकीहरूमा विज्ञ डाक्टरको अभाव हुने हुँदा गुणस्तरीय स्वास्थ्य सुविधा पाउनको लागि बिरामीहरूले टाढाको यात्रा गर्नुपरिरहेको हुन्छ । त्यसैले ग्रामीण भेगका मानिसहरूले आगामी दिनहरूमा टेलिहेल्थको महत्व बुझेर यो सुविधाको उचित प्रयोग अवश्य गर्नेछन्।

टेलिहेल्थ मानसिक स्वास्थ्य सुविधाका लागि उपयोगी छ। डिप्रेसन, Anxiety सँग संघर्ष गरिरहेका मानिसहरूको लागि आवश्यक पर्ने Counselling मात्र एक कल टाढा भयो भने ति मानिसहरूले आफूलाई समस्या परिरहेको बेलामा सहजै मनोचिकित्सकको परामर्श प्राप्त गर्नेछन्। अहिलेको जीवनशैलीको कारण मानिसहरूमा बढिरहेको मानसिक तनावको कारण पनि यो सेवा आगामी दिनहरूमा महत्वपूर्ण छ भनेर बुझ्न सकिन्छ।

अहिले मानिसहरूले डिजिटल माध्यमबाट नै विभिन्न सेवा र सुविधा उपभोग गर्दै आइरहेको हुँदा पनि टेलिहेल्थको महत्व आगामी दिनहरूमा झन् बढ्ने अनुमान गर्न सकिन्छ। सहज सेवा खोज्दै गरेको हाम्रो समाजमा हाम्रो पात्रोले लिएर आएको अनलाइन डाक्टर परामर्श सुविधा स्वास्थ्य क्षेत्रको लागि एउटा विशेष कोसेढुङ्गाको रुपमा रहेको छ ।

यदि तपाईँहरूलाई स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या र जिज्ञासा छन् भने आजै हाम्रो पात्रोबाट विज्ञ डाक्टरसँग परामर्श लिनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.