अदृश्य मोतीहरू | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

अदृश्य मोतीहरू





दृष्टिविहीन व्यक्तिहरूको प्रतिभा प्रस्फुटन गर्ने हेतुले ‘लिओ क्लब अफ कान्तिपुर काठमाण्डौ’ सँगको सहकार्य ‘सर्वोदय – (समावेशी अक्षर र अनुसन्धान)’ ले कार्यक्रम सञ्चालन गरेको छ । शनिबार साउथ वेस्टर्न स्टेट कलेज बसुन्धरामा ‘अदृश्य मोतीहरू’ नाम दिएर सञ्चालन गरिएको उक्त कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूद्वारा सञ्चालित ब्यान्ड ‘लाइभ म्युजिक नेपाल’ ले साङ्गितिक प्रस्तुति दिएको थियो । कार्यक्रममा दृष्टिविहीन कवि मधुसुदन घिमीरेले कविता तथा मुक्तक प्रस्तुत गरेका थिए भने नेपाल टेलिकमका सहायक प्रशासकीय अधिक्रित गौतम पोख्रेलले दृष्टिविहीन व्यक्तिहरूको अवसर र चुनौतिबारे आफ्नो धारणा राखेका थिए ।



संस्थाका कोषाध्यक्ष सौगात वाग्लेले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथीका रूपमा रहेका ग्रेस इन्टरनेशनलका प्रमुख कार्यकारि अधिक्रित एन्ड्रिउ पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता प्रवर्धनका निम्ति ग्रेस इन्टरनेशल सधैँ सहयोगका निम्ति तत्पर रहेको कुरा जानकारी दिए ।

त्यसै गरी विशेष अतिथीका रूपमा आफ्नो धारणा राख्दै साउथ वेस्टर्न कलेजका सहायक प्रध्यानाध्यापक हरीसिंह केसीले कलेज दृष्टिविहीन एवम् अन्य अपाङ्गता भएका व्यक्तिहरूको क्षमताका आधारमा उनिहरूलाई पूर्ण छात्रवृत्तिमा पढाउन तयार रहेको कुरा बताए ।



त्यसै गरी कार्यक्रममा विशेष अतिथीकै रूपमा रहेका प्रेरक व्यक्तित्व तथा माइन्ड सेट क्युभका कार्यकारी अधिक्रित राजन कोइरालाले हरेक व्यक्तिका सफलताभन्दा बढी सङ्घर्ष हुने र सोही सङ्घर्ष नै अन्य व्यक्तिहरूका निम्ति प्रेरणा बन्ने धारणा वर्यक्त गरे ।



कार्यक्रमलाई बैङ्किङ पार्टनरका रूपमा ‘कुमारी बैङ्क लिमिटेड’, मोभिलिटी पार्टनरका रूपमा पठाओ नेपाल, सपोर्टिङ पार्टनरका रूपमा ग्लोकल प्राइभेट लिमिटेड र अकाउन्टिभिलिटि ल्याभ, फुड पार्टनर भोकमन्त्र, नलेज पार्टनरका रूपमा साउथ वेस्टर्न स्टेट कलेज र किङ्स कलेजको सहयोग रहेको थियो । त्यसै गरी मर्चेन्ट पार्टनरका रूपमा गरीमा क्यापिटल, एप पार्टनरका रूपमा हाम्रोपात्रो, कम्युनिटि पार्टनरका रूपमा क्रिएटिङ अपर्ट्युनिटिज र ब्रान्डिङ पार्टनर चैतन्य डिजाईन रहेका थिए भने ओखती नेपालले पनि कार्यक्रमलाई सहयोग गरेको थियो । कार्यक्रमलाई संस्थाका कार्यकारी निर्देशक सौरभ तिवारीले अध्यक्षता गरेका थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.