विहान ८ बजेदेखि शुरु हुने कार्यक्रम दिउसो ४ बजेसम्म चल्ने
'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'को लागि यहि फागुन २४ गते अर्थात भोलि काठमाण्डौको टुडिखेलमा वृहत रक्तदान कार्यक्रम हुदैछ । लायन्स कल्व अफ काठमाण्डौ नेपाल र लायन्स कल्व काठमाण्डौ हिमचुलीको संयुक्त आयोजनामा हुने बृहत्त रक्तदान कार्यक्रममा करीव ३ हजार जनाबाट रक्तदान गराउने उद्देश्य रहेको कार्यक्रमका सञ्चार संयोजक सुदिपचन्द्र बख्रेलले हाम्रो पात्रोसंगको कुराकानीमा बताए । “विश्व रेकर्डका साथै रक्तदानसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौ” उनले भने ।
कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्था लायन्स क्लब अफ काठमाडौं नेपालका अध्यक्ष अखील श्रेष्ठले नेपालको स्वास्थ्य संस्थामा देखिएको रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि कार्यक्रम गर्न लागिएको बताए । “हामीले रेडक्रसलयागत विभिन्न अस्पताल र संघसस्थाहरुसँगको सहकार्यमा रक्तदान गर्न लागेका हौ” श्रेष्ठले भने “यहाँ संकलन गरीएको रगत आवश्यक्ता अनुसार अन्य जिल्लाहरुमा पनि पठाउने तयारी पनि गरेका छौ ।”
टुडिखेलमा आयोजना गरीने यस कार्यक्रममा करीव ३ हजार व्यक्तिले रक्तदान गर्ने आयोजकले विश्वास लिएका छन् । विहान ८ बजेदेखि शुरु हुने कार्यक्रम दिउसो ४ बजेसम्म चल्ने सञ्चार संयोजक बख्रेलले जानकारी दिए ।
विश्व रेकर्ड र एउटा राम्रो कदमलार्इ समर्थन गर्न भोलि बिहानै टुडिखेल पुगौ । रक्तदानको यो कीर्तिमानी महा अभियानमा सहभागी भएकाहरुलाई बिशेष प्रमाण पत्र समेत प्रदान गरिनेछ ।
Liked by: