"हवाहवाई" श्रीदेवी | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

"हवाहवाई" श्रीदेवी




   Suyog Dhakal - Feb 25 2018

सन् १९८४ ताका चलचित्र जाग उठा इन्सानको सेटमा मिथुन चक्रवर्तीसंग प्रेम सम्बन्ध भएपछि मिथुन र श्रीदेवीले गुपचुप विवाह गरेका थिए भन्ने बलिवुडमा गाईगुई चलेको थियो ।



सन् २०१८ को फेब्रुअरी २५ गतेको आइतबार बलिवुडका लागि भुल्नै नसकिने एउटा तितो आइतबार भएको छ । “मै ख्वाबो कि शहेज्यादी, मै हु हरदिलपे छायी” भन्ने बहुचर्चित गीत मिस्टर इण्डिया नामक चलचित्रको हो । श्रीदेवी भन्नासाथ कैयन गीत र अभिनयको रिल मन मस्तिष्कमा घुमे पनि हवाहवाई यिनको सिग्नेचर गीत मानिन्छ । अब यी हवाहवाई कहिल्यै आउने छैनन्, सम्झना बाहेक ।

श्रीदेवी सन् १९६३ को अगस्त महिनामा तमिल नाडु भारतमा जन्मिएकी हुन् । भारतीय अभिनेत्रीहरुको पुस्ताहरुमा श्रीदेवीलाई प्रथम सुपरस्टार अभिनेत्रि मानिन्छ । यस अघिका अभिनेत्रीहरुले यसरी स्टारडम नदेखेका तर श्रीदेवीका पाला पछि स्टारडम बढेको बलिवुड विश्लेषकहरु बताँउदछन् । सन् १९७९ मा चलचित्र सोल्वा सावनबाट यिनले चलचित्रमा पाइला राखेकी हुन् । त्यसको ४ बर्षपछि चलचित्र हिम्मतवाला मा जितेन्द्र अनि श्रीदेवीको अभिनय र पटकथाले धुम मच्चाएको थियो । यस चलचित्रमा बप्पी लहेरीकोे पनि संगित रहेको थियो । केही बर्ष अघि यस चलचित्रको सिक्वेल आएको थियो जसमा अजय देवगनले  र तमन्नाले अभिनय गरेका थिए । सन् १९८३ को मवाली, सन् १९८४ को तौफा, मिस्टर इण्डिया सन् १९८७ मा आएको चलचित्र हो । सन् १९८९ को चाँदनी, सन् १९९१ को लम्हे अनि सन् १९९३ को गुमराह श्रीदेवीका मास्टरपीस चलचित्रहरु हुन् । पति बनी कपुरसंग २ जना सन्तानलाई हुर्काउन चलचित्रबाट ब्रेक लिएकी श्रीदेवी सुन् १९९७ मा चलचित्र जुदाई मा पुनः आएकी हुन् । यस चलचित्र बहुतै समयसान्दर्भिक मानियो जसमा श्रीमतीको महत्वाकांक्षाका कारणले बिग्रेको परिवार देखाइएको थियो ।
यस चलचित्र बक्स अफिसमा अत्यन्त हीट भएतापनि श्रीदेवीको अभिनयको सुन्दरता गौरी शंकरको सन् २०१२ को चलचित्र इङ्ग्लीश भिङ्ग्लीशमा देखिएको थियो । यस चलचित्रमा विदेशको जिवनशैलीमा भारतीय नारीका सीमा अनि सामथ्र्य बहुतै कलात्मक रुपमा देखाइएको छ । संगित पक्ष पनि यस चलचित्रको उत्तिकै गज्जब छ भने श्रीदेवीले अभिनयमा आफ्नो मुटु खोलेर राखिदिएकी छिन् । 

चलचित्रमा शशी नामकी गृहणी श्रीदेवी केवल हिन्दी मात्र बोल्न जान्दछिन् । ४ हप्ताको अङ्ग्रेजी कोर्स अनि न्यूयोर्क का गल्ली र समाजका त्यान्द्रामा कथा बुनिएको छ । श्रीदेवीलाई भारतको स्वीटहार्ट भन्दै गायक अदनान सामीले आफू स्तव्द भएको ट्वीट गरेका छन् । त्यस्तै करिना कपुर, प्रीयंका चोप्डा लगायत थुप्रै बलिहुड हस्तीले ट्वीटमा संवेदना दिएका छन् प्रधानमन्त्री मोदीले पनि आफू स्तब्ध रहेको ट्वीट गरेका छन् । यस बर्ष बलिवुडमा हस्तीहरुको निधनको क्रम बहुतै दुख्खद छ । डिसेम्बरमा मात्र शशी कपुरले बिदा लिएका थिए । त्यसको २ महिना नपुग्दै अल्पायूमा प्रिय अभिनेत्री श्रीदेवी गुमाउनु थप पीडादायी भएको छ ।

युएई मा पारिवारीक विवाह समारोहका लागि गएकी श्रीदेवीको अकास्मात हृदयघातका कारणले मृत्यु भएको जनाइएको छ । यस समयमा उनका पति बनी कपुर अनि छोरी "खुशी" साथै रहेको जनाइन्छ । सन् २०१३ मा श्रीदेवीलाई भारत सरकारले श्रीदेवीलाई पद्मश्री सम्मान पनि प्रदान गरेको थियो । सन् १९८४ ताका चलचित्र जाग उठा इन्सानको सेटमा मिथुन चक्रवर्तीसंग प्रेम सम्बन्ध भएपछि मिथुन र श्रीदेवीले गुपचुप विवाह गरेका थिए भन्ने बलिवुडमा गाईगुई चलेको थियो । केही वर्षपछि यी दुवैको विवाह सर्टिफिकेट नै एकजना पत्रकारले सार्वजनिक गरेका थिए, दुवैले स्वीकारे पछि श्रीदेवीले प्रोड्यूसर बनी कपुरसंग विवाह गरेकी हुन् । बनी कपुर अनिल कपुर र संजय कपुरका दाइ हुन् । बनी कपुरसंग श्रीदेवीका २ छोरीहरु भएका छन् । ४ वर्षकै उमेरमा तमिल चलचित्रमा बालकलाकारका रुपमा खेल्न सुरु गरेकी श्रीदेवीले साउथ चलचित्रमै १९८२ सम्ममा ठुलै स्थान बनाएकी थिइन् । सन् १९८६ मा त यिनले इच्छाधारी नागको भुमिकामा नगीना चलचित्र पनि अभिनय गरिन् । यिनको अभिनयमा सरलता अनि गहनता एकैफेर पाउन सकिन्छ भनेर धेरै प्रशंसा गरिन्छ । 


त्यसका अलावा रेन डान्सका सुरुवातको श्रेय पनि यिनै श्रीदेवीलाई जान्छ, पानी परेको समयमा नीलो सारी लगाएर काटे नही कट्ते रात भन्ने गीतमा मिस्टर इण्डिया चलचित्रमा श्रीदेवी आउँदा कैयन दर्शकले आँखा चिम्म गर्न भुलेका थिए । यी रेन डान्सको सिरिजहरु अझै भारतीय सिनेमामा देखिन्छ ।
भारतले श्रीदेवीसंगै सिनेमाको एउटा अद्भुत अभिनय अनि अनुहार गुमाएको छ । श्रीदेवी अब रियलमा देखिन्नन् तर रिलमा भने यी हवाहवाईलाई सैयौं वर्ष सम्झना गरिनेछ ।


हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.