दसैँ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

दसैँ




   जयदेश श्रेष्ठ - Oct 06 2016

दशैको मुखमा दिएको पहिलो किस्ता बापतको रकमले धेरै भूकम्प पिडतहरुले मुख मिठ्याएका छन्



हुनेको घरमा दसैँ आयो ,
नहुनेको घरमा दशा ।

कोहीको घरमा हर्ष बधाई ,
कोहीको घरमा लडाई ।

हुने खानेको रवाफ धवाफ,
नहुनेको छ याँहा पिडा ।

कोहीको भागमा माछामासु,
कोहीको भाग्यमा आँसु ।

छुट्याई दिन्छ ठुलो सानो ,
संस्कार रितीरिवाज हाम्रो ।


आज भोलि थाहा हुन्दैन । दशैको तयारी कसले कसरी गर्दछ । कसले कहाँबाट के ल्याउछ ? कसको घरमा के पाक्छ ? कसले गर्छ ? कसले ठुलो खसी काट्छ ? कसले नयाँ राम्रो लुगा लगाउछ ? यी यावत कुराहरू आफ्नो र अरूको बारे सोच्ने परिपाटीहरु हराउदै गए । तर पनि दसैँ आएको छ ।

दशैको आगमन सँगै धेरैको मन प्रफुल्ल नै देखिन्छ । समय बदलियो जमाना बदलियो , तर पनि दशैको नाममा इच्छा , आकांक्षा , मनोकामना पुरा गर्ने धोको बदलिएको छैन । नेपाली हिन्दुहरूको विशेष चाड दसैँ उपत्यका अन्य ठाँउहरुमा छरिएर बसेका नेपालीहरू सके सम्म आफ्नो ठाँउ पुर्ख्यौली नातागोताहरु सम्म पुग्छन् । दसैँ मनाउनको लागी , त्यसैले दसैँ एउटा मिलन बिन्दुको चाड बनेको छ । हरेक नेपालीहरू बिदेशीएको देखी बिछोडीएकाहरुलाई घचघच्याउन्छ यो दसैले , जस्तै कठोर मन लिएर छुट्टीएर बसेकाहरुलाई पनि उकुस मुकुस बनाउछ यो दसैले , सम्पती भएकाहरु मात्र हैन , सम्पती नभएकाहरु समेत गर्जो सापटीमा दसैँ मनाउने परिपाटी पहिले देखि नै थियो । आम नेपालीहरूको चाडवाड बिशेषत दसैँ तिहार मनाउनको लागी कमाई गर्नु पर्ने दुख गर्नु पर्ने हुन्थ्यो । वर्ष भरीको कमाइले परिवारमा चाडवाड र दसैमा मिठो खानु राम्रो नयाँ लुगा लगाउन पनि हम्मे हम्मे पर्ने हाम्रो साँकूतीक रितिवाजलाई हामीले निरन्तरता दिँदै आएका छौ । हिन्दु धर्म भनेकै सनातम धर्म हो । हामीले परापुर्वकाले देखी गर्दै आएको हुबहु चलनलाई अघि सार्दै आएका छौ ।
------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.