घुमन्तेका तस्विरहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

घुमन्तेका तस्विरहरु




   Suyog Dhakal - Mar 02 2017

प्रकृती, प्रवृती, प्रजाती, हिमाल, आकाश, संस्कार, आकार लगायत अन्य थुप्रै कुराहरु झल्किने तस्बिरहरुले नेपाल प्रतिनिधित्व गर्छन् । प्रदर्शनीले विश्वकै सुन्दर यो देशलार्इ एउटा सानो आँखिझ्यालबाट स्पष्ट अवलोकनको काम गर्यो, नेपाल पर्यटन बोर्ड धन्यवादको पात्र बन्यो ।



घुमफिर गर्न कसलाई मन नलाग्ला र! अझ आफ्नै स्वदेशका नदेखिएका सुन्दर ठाँउहरु घुम्न पाउनु र त्यहाँका तस्बिर खिचेर तस्बिरका माध्यमबाट सम्बन्धित स्थान, समाज र सभ्यताका बारेमा थाहा पाउन कसलाई मन नलाग्ला र ? घुमफिर गर्न निस्केका मान्छेहरुको क्यामराको लेन्समार्फत् खिचिएको  तस्बिर भएकाले हामीले हाम्रो पात्रोमा यो समाचारकालागि शिर्षक जुरायाैं, 'घुमन्तेका तस्बिरहरू' ।

विभिन्न स्वदेशी अनि विदेशी पर्यटकहरुले नेपालका विभिन्न ठाँउमा खिचेका फोटाहरुलाई अनलाईनबाट छनाैट भएका प्रमुख ५० तस्बिरहरुलाई आज राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणमा प्रर्दशनीकालागि राखियो । 

ति उत्कृष्ट तस्बिरहरूबाट आज तस्बिरका सर्जक घुमन्तेहरुमध्येका उत्कृष्ट फोटो खिच्ने तिनजना फोटोग्राफरहरुलाई पुरस्कृत पनि गरियो । यसरी पुरस्कृत हुनेहरुमा प्रथम राजिव कपाली, दृतीय विजय गुरूङ्ग अनि तृतिय सब्रिना डङ्गोल रहेका छन् । विजयी तीनैजना लगायत घुमफिर तस्बिर श्रृंखलामा सहभागी सम्पूर्ण फोटोग्राफरहरुलाई हार्दिक बधाई ।

हिमाल, पहाड अनि तराईका फोटाहरुमा नेपालीपन हेर्न सकिन्थ्यो । तस्बिरबाट नेपाल बोल्थ्यो, नेपाली बोल्थे । कुनै तस्बिरमा हिमाल हाँसीरहेको हुन्थ्यो त कुनै तस्बिरले प्रर्दशनी हेर्न अाउनेहरूलार्इ टक्क अडार्इराख्थ्यो । त्यस्तै तस्बिरमा रूखमा बसेका एक जोडी सङ्गीनी मयूर यति मनमोहक थियो जसमा धेरैको अाँखा हराइरहेको पाइयो ।


प्रकृती, प्रवृती, प्रजाती, हिमाल, आकाश, संस्कार, आकार लगायत अन्य थुप्रै कुराहरु झल्किने तस्बिरहरुले नेपाल प्रतिनिधित्व गर्छन् । प्रदर्शनीले विश्वकै सुन्दर यो देशलार्इ एउटा सानो आँखिझ्यालबाट स्पष्ट अवलोकनको काम गर्यो, नेपाल पर्यटन बोर्ड धन्यवादको पात्र बन्यो ।

भन्नेलाई सुनको माला, पढ्नेलाई फूलको माला अनि खिच्नेलाई शब्दको माला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.