ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका





ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई सहज अनि स्तरीय स्वास्थ्य सेवाको अभाव छ भन्दा फरक नपर्ला । कतिपय स्वास्थ्य चौकीहरूमा विशेषज्ञ डाक्टरको अभाव हुने हुँदा भौगोलिक रूपमा कठिन मानिएका स्थानहरूबाट उचित उपचार पाउन बिरामीहरूले लामो यात्रा तय गर्नुपर्ने हुन्छ । गुणस्तरीय स्वास्थ्य सुविधा पाउनको लागि नेपालको ग्रामीण क्षेत्रको अधिकांश स्थानका मानिसहरूले कठिनाइ सामना गर्नु परिरहेको छ। यस्तो अवस्थामा यी क्षेत्रहरूमा टेलीहेल्थको भूमिका अपरिहार्य मान्न सकिन्छ ।

अहिले नेपालको धेरै जसो ठाउँमा मोबाइल र इन्टरनेटको पहुँच बढेको छ । जसले गर्दा विशेषज्ञ डाक्टरहरूसँग बिरामीहरुले घरमै बसेर अडियो र भिडियो कलको माध्यमबाट विभिन्न रोगका बारेमा सम्बन्धित विशेषज्ञ डाक्टरसँग परामर्श लिन सजिलो भएको छ। विशेषज्ञ डाक्टर र बिरामी बिचको संवादलाई भौतिक दुरिले नछेकेपछि यसले प्रदान गर्ने सुरक्षा अनि सहजता हामी आफैँ अनुमान गर्न सक्छौं।

त्यसबाहेक टेलीहेल्थको मद्दतले मधुमेय, प्रेसर, थाईरोइड जस्ता रोगहरूबाट ग्रसित बिरामीहरूले डाक्टरहरूसँग समय समयमा कुराकानी गरेर आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सजिलै जानकारी लिने अवसर समेत प्राप्त गर्नुहुनेछ । नियमित रूपमा फलो अप गर्नुपर्ने बिरामीहरूले घरमै बसेर डाक्टरसँग कुराकानी गर्न पाउँदा अनावश्यक रूपमा यात्रा गर्न नपर्ने अनि खर्च पनि कम हुने जस्ता लाभहरू टेलीहेल्थको कारण सम्भव भएको छ।

यसरी ग्रामिण भेगका मानिसहरूले पनि सहजै स्वास्थ्य सेवा पाउने हो भने आफ्नो स्वास्थ्यलाई लिएर हेलचेक्र्याइँ गर्ने मानिसहरू कमै मात्र हुन्छन् । हेलचेक्र्याइँ गर्दा कति साना साना समस्याहरूले ठूलो रूप लिन्छ । टेलीहेल्थको मद्दतले यसरी हुनसक्ने जोखिमहरू न्यूनीकरण गर्न सकिन्छ।

यस्ता धेरै कारणहरूले गर्दा ग्रामिण क्षेत्रमा टेलीहेल्थ अत्यावश्यक छ। हाम्रो पात्रोमा यो सुविधा आएसँगै ग्रामिण क्षेत्रबाट विभिन्न रोगका बिरामीहरूले हाम्रा विशेषज्ञ डाक्टरहरूसँग परामर्श लिँदै आइरहनु भएको छ । उहाँहरूले व्यक्त गर्नुभएको खुशी र सन्तुष्टी हाम्रो लागि खास छ। वैदेशिक रोजगारीको क्रममा विदेश बस्ने आफन्तले यहाँ नेपालको गाउँमा बस्ने आफ्नो परिवारका सदस्यको समस्या लिएर समेत कल गर्नुहुन्छ, अनि कन्फेरेन्स कल मार्फत बिरामीसँगै आफूपनि त्यहिँ कलमा बसेर डाक्टरको परामर्श सुन्नुहुन्छ।

यदि तपाईँहरूलाई स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या र जिज्ञासा छन् भने आजै हाम्रो पात्रोबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.