हाम्रो गिफ्टस् अब १४ शहरमा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो गिफ्टस् अब १४ शहरमा





विदेशमा व्यस्त जीवनशैलीको कारणले गर्दा नेपालीहरू कुनै चाडपर्व या भनेको समयमा नेपाल आउन गाह्रो हुन्छ । व्यस्तताको बावजुत यस्ता अवसरहरूमा आफ्ना आफन्त तथा प्रियजनहरूलाई विभिन्न उपहार पठाएर माया बाढ्ने चलन अहिले बढ्दो छ । तर आफूले चाहेको उपहार नेपाल कसरी पठाउने भनेर चाहिँ धेरै मानिसहरू अन्योल मान्ने गर्छन् । कुरियरमा महँगो हुने र ढिला पुग्ने हुन्छ, कहिले आफू नजिकको मान्छे नेपाल जान्छ र उपहार लगिदिन्छ भनेर बाटो कुरेर बस्नुपर्ने हुन्छ । तर त्यो पनि भनेजत्ति सजिलो हुँदैन ।

हाम्रो पात्रोले यस्ता समस्याहरूलाई मध्यनजर गर्दै “हाम्रो गिफ्टस्” सेवा लिएर आएको हो । लगभग ३ वर्षमा १० हजार भन्दा धेरै उपहारहरू डेलीभरि गरेको “हाम्रो गिफ्टस्” अहिले विदेशमा बस्ने मानिसहरूको नेपाल उपहार पठाउने पहिलो रोजाई बनेको हो। हाम्रो गिफ्टस् मार्फत बर्थडे, एनीभर्सरी लगायतका अवसरमा केक देखि लिएर अन्य धेरै अवसरहरूमा विभिन्न प्रकारको उपकरणहरू, कपडाहरू, फूल, खाद्यान्न लगायतका उपहारहरू पठाउन सकिन्छ । यसरी विदेश बस्ने प्रयोगकर्ताहरूले यो सेवालाई अत्याधिक रुचाएपछि हौशिएको “हाम्रो गिफ्टस्” टिमले अब आउँदै गरेको क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालका अन्य केही सहरहरूमा पनि यो सेवालाई विस्तार गर्दैछ ।

अब हाम्रो गिफ्टस् सेवाबाट उपहार पठाउँदा काठमाडौँ, ललितपुर र भक्तपुर बाहेक यी शहरहरूमा पनि तपाईंको उपहारहरू डेलीभर गरिनेछः
१. विराटनगर
२. धरान
३. इटहरी
४. जनकपुर
५. वीरगन्ज
६. बनेपा
७. भरतपुर
८. पोखरा
९. बुटवल
१०. भैरहवा
११. लुम्बिनी

हाम्रो गिफ्टस् बाट विद्युतीय उपकरणहरू पठाउँदा भने उक्त उपहार नेपाल भरी नै डेलिभरी हुन्छ ।

गिफ्टस् उपहार मात्रै होइन यो खुसी साट्ने बाहना हो, आत्मियताको भावना हो । त्यसैले आफूले माया गर्ने व्यक्तीहरूको लागि उपहार पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.