परिवारबाट टाढा कतारमा बसेर जागिर गर्न थालेको पनि ७ वर्ष पूरा हुन लागेछ । यस बीचमा म २ पटक आफ्नो घर बर्दघाट पुगेको त छु तर आफन्त अनि साथीभाइसँग पर्याप्त समय बिताउन नपाएको कमी कहिलेकाहीँ खड्किइरहन्छ । म जस्तै कामको सिलसिलामा विदेश बस्ने हाम्रा सबै दाजुभाइ दिदीबहिनीहरूलाई पनि यस्तै महसुस हुन्छ होला । सबैको पीडा उस्तै त हो । सबैजना कोही न कोही प्रिय मान्छेहरूबाट टाढा नै हुनुहुन्छ। मलाई पनि आफ्नो परिवार एकदमै मिस हुन्छ ।
आफ्नो परिवारका सदस्य कोही विदेशमा छ भने उ बाट घरको मानिसहरूलाई एकदमै धेरै अपेक्षा हुन्छ । कहिलेकाहीँ कुनै आवश्यकताहरू अनि कहिलेकाहीँ इच्छाका सामानहरू आफ्नो विदेशमा भएको दाइ, दिदी, छोरा वा नातिले पुर्याइदिन्छ कि भनेर आशा प्रायको हुन्छ । अनि हामी घरबाट टाढा भएका मानिसहरूलाई पनि नेपालमा भएका आफ्नो परिवार वा प्रियजनलाई कुनै कुराको कमी नरहोस् भन्ने महसुस हुनु स्वाभाविक नै हो ।
तर कहिलेकाहीँ मनमा भए पनि भौगोलिक दूरीले गर्दा कतिपय कुराहरूलाई सम्भव बनाउन सकिदैन । शुरु शुरुमा म कतार आउँदा कै कुरा गरौँ न, घरमा केही पठाउन पनि आफूसँग काम गर्ने साथीहरू मध्ये कोही नेपाल जाँदैछ कि भनेर पर्खेर बस्नुपर्दथ्यो । उसलाई फकाएर थोरै सामान पठाउन सकिन्थ्यो । मैले पनि धेरै धेरै अनुरोध गरेर साथीहरूसँग घरको लागि केही सामानहरू पठाएको छु । आफूलाई मन लागेको समयमा सामान पठाउन अलि गाह्रो हुन्थ्यो । खासगरि बर्थडेका उपहारहरू समयमा कहिले पठाउन सकिन्थेन। समयमा उपहार पठाउन नसक्दा त्यसको मज्जा नै खल्लो लाग्थ्यो ।
साथीहरू मध्येका केहीले भने अनलाइन सुविधाबाट नेपालमा सामानहरू पठाउन मिल्ने कुरा गर्थे । तर कार्य व्यस्तताको कारण मैले के कसो भनेर बुझ्न पाएको थिइन् । एकदिन एकजना मित्रले जब हाम्रो पात्रो एपबाटै नेपालको सबै स्थानमा सामान र उपहारहरू पठाउन सकिन्छ भनेर भन्दा मलाई लाज नै लाग्यो । अधिकांश नेपालीहरू जस्तै मैले हाम्रो पात्रो चलाउन थालेको धेरै वर्ष भइसकेको थियो । तर मैले तिथि मिति र चाडपर्वमा मात्र आफूलाई सीमित राखेको रहेछु । हाम्रो पात्रोमा कति धेरै सुविधाहरू थपिएका छन् भनेर हेरेपछि मात्र थाहा भयो ।
हाम्रो गिफ्ट्स भनेर यो सुविधा थपिएको लगभग ५ वर्ष नै पुग्न लागिसकेको रहेछ । विदेशमा बस्ने नेपालीहरूले अहिले नेपालमा आफन्तलाई गिफ्ट पठाउन यहीँ प्लेटफर्म प्रयोग गर्न थाल्नुभएको रहेछ । हाम्रो पात्रो सबैको हात हातमा भएको हुनाले यसबाटै सामान पठाउन पक्कै पनि सहज हुन्छ । थाहा पाउन साथ मैले हाम्रो पात्रो एपमा गएर “हाम्रो गिफ्ट्स” खोलिहाले । गिफ्ट्सको होमपेज खुलेपछि यसबारे यत्रो समय आफू अनविज्ञ रहेको कुरा थकथक लाग्यो ।
“चामल”, “दाल”, “तेल” जस्ता किरानाका सामग्री, “केएफसी”, “पिज्जा हट” जस्ता ब्रान्डहरूको खानेकुराहरू सबै विदेशबाटै नेपालमा बसेका मानिसहरूलाई पठाउन मिल्ने रहेछ । यति मात्र नभएर हिटर, पंखा, राइस कुकर जस्ता इलेक्ट्रोनिक्स सामानहरू समेत आफू बसेको स्थानबाटै अर्डर गरिदिन मिल्ने रहेछ । माघे संक्रान्तिमा उपहार स्वरूप घ्यू, चाकु, लड्डु, त्यस्तै योमरी पूर्णिमाको दिनमा योमरी जस्ता चाडपर्व अनि संस्कृति लक्षित उपहारहरू पनि घरको दैलोसम्म पुर्याइदिने रहेछ भनेर थाहा पाउँदा मन फुरुङ्ग भयो । आफन्तको इच्छा भएको सामग्री देखि लिएर घरमा आवश्यकता भएका सामान सबै आफैले बन्दोबस्त गरिदिन पाइने रहेछ भनेर म पनि दङ्ग परे ।
मलाई घरमा सबैजनाको लागि केही न केही उपहार पठाउन मन लाग्यो । बहिनीको बर्थ डे भर्खर मात्र गएको थियो । उसको लागि एउटा राम्रो घडी हेरिदिएँ । आमाको लागि रोटी मेकर, त्यसैगरी बुबाको लागि ड्राइ फ्रुट्स रोजे । अब पैसा तिर्ने पालो आयो । दुख गरेर कमाएको पैसा भएपनि फ्याट्ट तिरिहाल्न मलाई गाह्रो लागेन । विश्वास त हाम्रो पात्रोले यत्रो वर्ष देखि जितिनै सकेको थियो, त्यहीँ माथि सामानको मूल्यहरू पनि सान्दर्भिक नै लाग्यो । सजिलै आफ्नो कार्डको विवरण भरेर पेमेन्ट गर्न मिल्ने रहेछ । यसरी नेपाल उपहार पठाउँदा आफ्नो परिवारको लागि सन्देश पनि पठाउन मिल्ने रहेछ । मैले “Love you all” लेखिदिएर अर्डर बुझाए ।
मैले राती अर्डर गरेको थिए । उपहार भोलिपल्टै घरमा पुग्छ भनेर जानकारी पाए । त्यो दिन घरमा कुराकानी हुँदा मैले यसरी गिफ्ट पठाएको छु भनेर कसैलाई भनिन । भोलिपल्ट कामबाट निस्किदै थिए मोबाइल हेर्दा हाम्रो गिफ्ट्सबाट फोटो र भिडियो म्यासेज आएको रहेछ । भिडियो खोल्दा मैले पठाएको गिफ्ट समाएर बहिनी र मम्मी घरको ढोका अगाडि उभिनुभएको थियो । म दुवैको अनुहारमा खुशी देख्न सकिरहेको थिए । बहिनीले “दादा यो त एकदमै Surprising थियो’ भनी । यसरी गिफ्ट पाएपछि भिडियो खिचेर आफन्तको प्रतिक्रिया पनि लिने चलन रहेछ हाम्रो गिफ्टमा। तर यो भिडियो मैले गिफ्ट पठाएको हुँदा मलाई मात्र देखाइने रहेछ । यता उति अन्य कुनै प्रचार वा प्रयोगको लागि Use नगरिने कुरा ढुक्क रहेछ । भिडियो हेरेपछि बहिनीलाई कल गरे, दिउसो बहिनीलाई हाम्रो गिफ्ट्सबाट कल आउँदा, उ अचम्म परिछे । मेरो नाम लिएर दाइले उपहार पठाउनु भाको छ भन्दा उसलाई खासै विश्वास लागेनछ । तर फोन आएको केही समय मै हाम्रो गिफ्ट्सको डेलिभरी गर्ने दाई घर अगाडि आइपुग्दा परिवारका सबैजना खुशी भएछन् । सबैले आ आफ्नो उपहार पाएर दङ्ग परेछन् । बुबाले त मेरो तारिफ पनि गर्दै हुनुहुन्थ्यो रे ।
साँच्चिकै टाढा बसेर भएपनि सबैलाई खुशी बाड्न सकिने माध्यम बनेको रहेछ हाम्रो गिफ्ट्स । अष्ट्रेलिया, अमेरिका, जापान लगायत संसारका जुनसुकै देशहरूमा बस्नु भएका नेपालीहरूले आफ्नो प्रिय मान्छेलाई उपहार पठाउने सजिलो माध्यम बनाइदिएकाेमा हाम्रो पात्रोलाई धन्यवाद दिन्छु ।
Liked by: