शुक्रवार साँझ बसुन्धरा स्थित येति इभेन्टमा हृदयरोग विशेषज्ञ र लेखक डा. ओम मूर्ति अनिलको नयाँ कृति "जीवन सम्बन्ध" सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा आत्मीयता, प्रेम भावले भरिएको “जीवन्त सम्बन्ध” सार्वजनिक भएको हो । यस विमोचन समारोहमा आईओएमका भुतपूर्व प्राध्यापक डा. जगदिश प्रसाद अग्रवाल विशिष्ट अतिथीको रुपमा उपस्थित रहनुभएको थियो । यो किताब डा. अनिलकी माता राजकुमारी देवी सिहंको हातबाट विमोचन गरियो।
यसअघि भदाै २९ गतेका दिन शीर्षक र कभर अनावरण भएपछि नै यो किताबको चर्चा साहित्यप्रेमीहरू माझ बढ्दो पाइएको थियो । कार्यक्रममा हृदयरोग विशेषज्ञ डा. अनिलले “स्वास्थ्य सचेतनामा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै साहित्यिक जगतमा पनि आफ्नो प्रभाव छाड्न यो किताब लेखेको” बताउनु भयो ।
प्रमुख अतिथिको रूपमा उपस्थित कलाकार हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले डा अनिलको प्रसंशा गर्दै “किताबमा विशेषगरि आफ्नो बुवासँगको अन्तरसम्बन्ध तथा अर्द्धांगिनीसँगको प्रेम सम्बन्धलाई सुमधुर तरिकाले वर्णन गरिएको” व्यक्त गर्नुभयो ।
त्यसैगरि डा. ओम मुर्तीले “सम्पूर्ण पाठकहरूलाई आफ्नै आमाबुवासँगको सम्बन्ध जस्तै महसुस होस् भनेर किताबमा आफूले आफ्नो माता पिताको नाम र परिचय उल्लेख नगरेको बताए ।
यदि तपाईंहरू पनि साहित्यमा रुची राख्नुहुन्छ भने आजै HamroPay बाट “जीवन सम्बन्ध” किताब खरिद गर्न सक्नुहुनेछ । यस पुस्तकको हार्डकभरलाई रु. १००० र पेपरब्याकलाई रु. ६०० मूल्य निर्धारण गरिएको छ । काठमाडौं उपत्यका भित्रका पाठकहरूका लागि "जीवन सम्बन्ध" को प्रतिलिपि नि:शुल्क डेलिभरी हुनेछ ।
Liked by: