Mitrata Diwasma Sathiharulai Ke Upahar Dine | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?





हाम्रो जीवनमा बाटो देखाउन साथीहरूको बहुमूल्य योगदान हुन्छ । रगतको नाता नभए पनि उनीहरू परिवार सरह हुन्छन् जसले हामीलाई सुख र दुखमा हरदम साथ दिन्छन् । साथीहरू सहानुभूति, करुणा र एकताका प्रतिक हुन् । यसैलाई सम्मान गर्नका निम्ति अगष्ट ६ गते अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मनाइन्छ । आत्मियताले भरिएको यो उत्सवको अवसरमा हामी धेरैजना उत्साहित पनि हुन्छाैँ । सँगै हास्ने, रुने, दुख सुखको समयमा तपाईँको छेउमा उभिनुहुने साथीहरूलाई सम्झना गर्न यो विशेष दिनले निकै महत्त्व राखेको हुन्छ । यो महत्त्वपूर्ण दिनमा आफ्नो मिल्ने साथीलाई मायाको भावना व्यक्त गरिन्छ र साथै आकर्षक उपहार दिने पनि चलन छ । साथीहरू तपाईंको लागि कति अर्थ राख्छन् भनेर देखाउने उत्तम अवसर हो । भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो मिल्ने साथीलाई आकर्षक उपहार दिनु भनेको त विशेष नै हुन्छ ।

तर, अहिलेको समयमा धेरै साथीहरू आफ्नो जीवनमा व्यस्त भइरहेका हुन सक्छन् । आफ्नो आत्मियता व्यक्त गर्न सकिरहेका हुँदैनन् । यसरी आफ्नो भावना व्यक्त गर्न नसक्दा मित्रता कम भएको हो कि भन्ने आभाष हुनसक्छ, विशेषगरि विदेश गएका साथीहरूलाई । यो दिवसमा टाढा भएर भेट्न नपाएपनि तपाईँले कुनै न कुनै माध्यमबाट साथीहरूलाई उपहार पठाउन पाए हुन्थ्यो भन्ने सोचले सताएको हुनसक्छ । स्नेह मनमा हुन्छ भन्ने गरिन्छ तर माया देखाउनु पनि उत्तिकै जरुरी हुन्छ l उपहार मायाको भाव व्यक्त गर्ने सरल माध्यम मात्र नभई मनमा भएको भावनाको प्रतिक हो l दूरीमा टाढा हुनु तपाईंको परिस्थिति हुन सक्छ तर भावना साट्न न दूरीले छेक्छ न त मजबुरीले नै! यस अन्तर्राष्ट्रिय मित्रता दिवसको विशेष अवसरमा नेपालमा रहनु भएको आफ्नो प्रिय साथीलाई उपहार पठाई प्रसन्न पार्नुहोस् l

उपहार त पठाउने! तर के पठाउने! अन्योलमा हुनुहुन्छ? तपाईंहरूको अन्योलताका लागि हामीले यस लेखमा साथीहरूलाई के उपहार दिने भन्ने बारेमा व्याख्या गरेका छौँ l आउनुहोस जानौँ

१. चकलेटसहितको कम्बो
चकलेट हामी जो कोहीलाई मन पर्ने खाने कुरा मध्ये एक हो l आफ्नो प्रिय साथीलाई मित्रता दिवसको उपलक्ष्यमा चकलेट पठाई साथी प्रतिको भावनालाई चकलेटको मिठाससँगै मनमा भएको माया व्यक्त गर्नुहोस् l मन मोहित पार्ने चकलेटसहितको कम्बो तपाईंको साथीलाई उपहारको लागि सहि छनोट हुन सक्छ l

२. केक
आजभोली कुनै पनि खुशियालीको अवसरमा केक अनिवार्य जस्तो भएको छ l यस मित्रता दिवसमा आफ्नो साथीको लागि केक उपहार एक राम्रो छनोटको रूपमा लिन सकिन्छ l विभिन्न फ्लेबरमा आकर्षक डिजाइनका केकहरू उपहार पठाई साथीलाई प्रसन्न पार्नुहोस् l

३. किताब
कोहि साथीहरूलाई किताब मनपर्छ भने किताब उपहार दिनाले उनीहरूलाई प्रफुल्लित पार्न सकिन्छ l उनीहरूलाई मनपर्ने किताबहरू पठाई यस मित्रता दिवसलाई विशेष बनाउनुहोस् l

४. ब्याग तथा अन्य एक्सोसरिज
यस मित्रता दिवसको अवसरमा आफ्नो प्यारो साथीलाई आकर्षक ब्याग तथा एक्सोसरिज पठाई प्रसस्न्न पार्नुहोस् l

५. खानेकुरा
मिठो स्वादले भरिपूर्ण खानेकुरा मन नपराउने को होला र! KFC को फिंगर लिकिंग विङ्गस्, नेवारी खाजा सेट, पिज्जा हटको मिठो पिज्जा साथ साथै हिमालयन जाभाको मनै आनन्दित पार्ने कफी कसलाई मन नपर्ला र! आफ्नो प्रिय साथीलाई मन पर्ने खाने कुराहरु उपहार स्वरूप पठाउनुहोस, विशेष दिनलाई यादगार बनाउनुहोस् l

६. इलेक्ट्रोनिक्स
अहिलेको युगमा हाम्रो जीवनयापनलाई इलेक्ट्रोनिक्स सामानले निकै सुविधा जनक बनाएको छ l दैनिकी प्रयोगमा आउने आकर्षक इलेक्ट्रोनिक्स उपहारहरु आफ्नो प्यारो साथीलाई सम्झना स्वरूप पठाउन सक्नुहुन्छ l

७. कस्मेटिक्स तथा पर्फ्युम
विभिन्न आकर्षक कस्मेटिक सेट र सुगन्धित पर्फ्युम उपहार पठाई आफ्नो साथीभाईलाई प्रसन्न पार्नुहोस् l

यदि तपाईंहरू अझ पनि आफ्नो साथीलाई दिने उपयुक्त गिफ्टको बारे अन्योलमा हुनुहुन्छ भने तल दिईएको लिंकमा क्लिक गरेर आफ्नो अन्योललाई मेट्न सक्नुहुनेछ ।
https://gifts.hamropatro.com/products/friendship-day

तपाईले के रोज्नुहुन्छ भन्ने फरक पर्दैन, सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईको साथीलाई तपाई कत्तिको ख्याल राख्नुहुन्छ भनेर देखाउनु हो । चाहे भव्य इशारा गरेर होस् वा साधारण गिफ्ट दिएर होस्, तपाईंले आफ्नो उपहारमा राख्नुभएको विचार र माया महत्त्वपूर्ण हुन्छ । गिफ्टस् उपहार मात्रै होइन यो खुसी साट्ने बाहना हो, आत्मियताको भावना हो ।

यदि तपाईं विदेशमा बस्नुहुन्छ र नेपालमा बस्ने आफ्नो साथीहरूलाई उपहार पठाउन चाहनुहुन्छ भने हाम्रो पात्रो मार्फत आकर्षक छुटमा गिफ्टहरु पठाउन सक्नुहुनेछ ।

त्यसोभए, तपाइँ के को लागी प्रतीक्षा गर्दै हुनुहुन्छ? उपहारहरूको हाम्रो गिफ्टस्को पेजमा गइ ब्राउज गर्नुहोस् र यो अन्तर्राष्ट्रिय मित्रता दिवस सम्झना लायक बनाउनुहोस् ।

अन्तर्राष्ट्रिय मित्रता दिवसको हार्दिक शुभकामना !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.