“एन.आई.सि. एसिया बैंक लि.” द्वारा नयाँ निक्षेप योजना प्रस्तुत | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

“एन.आई.सि. एसिया बैंक लि.” द्वारा नयाँ निक्षेप योजना प्रस्तुत




यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्दछ ।



काठमाडौँ, भाद्र २ २०७४ | नेपालको बैंकिङ्ग ईतिहासमा विभिन्न नयाँ सेवा तथा योजना प्रस्तुत गर्दै आएको यस “एन.आई.सि. एसिया बैंक लि.” ले आफ्नो दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ ।

आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानि गरिनेछ । न्यूनतम रु.१ लाख (अक्षेरुपि रु. एक लाख मात्र) निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५% तथा व्यक्तिगत निक्षेपको हकमा ५% का दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानि दिने छ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्दछ ।

आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको यस बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २०% वोनस सेयर र १.०५% नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको कुरा एन.अार्इ.सी. एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालद्वारा जारी  प्रेस विज्ञप्तिमा उल्लेख छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.